मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

विपन्न लाई नगद सहयोग

शुभाकर विश्वकर्मा
4 months ago
29/06/2019

 

जुम्ला । गुठीचौर गाउँपालिका जुम्लाले गाउँपालिका दुवै हात,खुट्टा नभएका वडन नम्बर ३ निवासी सार्के बुढालाई नगद ३५ हजार सहयोग गरेको छ । पुर्ण अंपाग बुढा लामो समय देखी नारकीय जीवन जिईरहेका छन् ।

दुर्घटनामा पछि हात खुट्टा गुमाएको उनलाई घर मै गएर सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । बुढालाई गाँउ कार्यपालिको निर्णय अनुसार सहयोग गरिएको उनले बताए । ‘गाउँपालिकाका असहाय, निमुखा र विपन्नलाई सहयोग गर्ने निति लिएको छ’ उनले भने, ‘ सोही कार्यक्रम अनुसार उनलाई सहयोग गरेका छौ ।’ यस्तै आगामी आर्थिक वर्षको कार्यक्रममा प्रत्येक गर्भवतीलाई घर मै कुखुरा र घिउ प्रदानगर्ने कार्यक्रम रहेको उनी उनको भनाई छ ।

उता सार्के बुढाले गाउँपालिकाबाट सहयोग प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् । स्थानीय सरकारले आफ्नो अवस्था हेरेर सहयोग गरेकोमा धन्यवाद दिए । गाउँपालिकाले चालु आर्थिक वर्षको असार महिना सम्म १ दर्जन बढिलाई २ लाख ५० हजार निःशुल्क सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

 

(Visited 18 times, 1 visits today)
Loading comments...