बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरौं : प्रधानमन्त्री ओली

राजधानी समाचारदाता
3 months ago
29/06/2019

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन्

वृक्षारोपण दिवसको अवसरमा आज कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रापेका छन् । सरकारले यस बर्षदेखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने भएको छ ।

प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।’

वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय,जैविकआदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्योकुराको अनुकरण गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए । यस बर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

(Visited 34 times, 1 visits today)
Loading comments...