आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

अफ्रिकी मुलुक लिविया आक्रमणमा एक नेपालीको मृत्यु

राजधानी समाचारदाता
2 weeks ago
04/07/2019

काठमाडौं । गत १७ असारमा अफ्रिकी देश लिबियामा ४० जना मारिए, ८० जना घाइते भए । ती ४० मध्ये एक जना नेपाली नागरिक भएको खुलेको छ । उनको नाम सन्तोष श्रेष्ठ रहेको र नेपालको ठेगाना खुलिनसकेको बताइएको छ ।

२७ वर्षीय उनी मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेको र १७ गते राति भएको आक्रमण त्रिपोलीस्थित अन्तराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

श्रेष्ठलाई नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

(Visited 31 times, 1 visits today)
Loading comments...