बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

प्रेरणाको दाईजो विवादमा मिसिल झिकाउने आदेश

निराजन पौडेल
2 months ago
05/07/2019

काठमाडौं । सर्वोच्च अदालतले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले छाउनीको १५ रोपनी जग्गा र घर आफ्नो दाईजो भनी दावी सहित दर्ता भएको मुद्धामा मिसिल फाईल भिकाउने आदेश गरेको छ ।

सर्वोच्चको प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे मिरा खड्का र हरिकृष्ण कार्कीको संबैधानिक इजलासमा सुनुवाई भएको शाहको मुद्धामा आवश्यक फाईल झिकाउ विपक्षीको नाममा आदेश जारी गरेको छ ।

शाहले छाउनमी हाल नेपाल ट्रष्टको नाममा रहेको १५ रोपनी जग्गा र घर आफ्नो दाईजो भएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनका लागि रिट दर्ता गरेकी थिईन् । उक्त मुद्धालाई सर्वोच्च अदालतले ८ महिनापछि पेशी राखेर सुनुवाई थालेको हो ।

यसअघि सर्वोच्चले एक पटक प्ररणाको नाममा र दोस्रो पटक नेपाल ट्रष्टको नाममा हुने फैसला गरेको थियो । प्ररेणाको उक्त मुद्धा अहिले तेस्रो पटक सुनुवाई शुरु भएको हो । सर्वोच्चबाट नेपाल ट्रष्टको नाममा जग्गा रहने फैसला भएपछि फैसलाको कार्यान्वयन आउनु अघि प्ररणाले रिट दर्ता गरेकी थिईन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै पुनः दायर गरेको रिटको सुनुवाई सुरु भएको हो । सर्वोच्च अदालतले २०७३ पुषमा पूर्व अधिराजकुमारी समेत रहेकी प्रेरणालाई दाइजोस्वरूप दिइएको भनिएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्ट्रको नाममा हुने फैसला गरेको थियो । उक्त जग्गा पूर्वराजा वीरेन्द्रको सम्पत्ति रहेको भन्दै वीरेन्द्र र उनका परिवारको नाउँमा रहेका सबै सम्पत्तिको खोजी तथा रेखदेख गर्न गठित ट्रष्टको नाउँमा रहने फैसला भएको थियो ।

सरकारले २०६४ पुस १ मा पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो । सोही जग्गाअन्तर्गत काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना आफ्नो दाबी गर्दै प्रेरणा पहिलो पटक ०७१ माघ २५ मा सर्वोच्च पुगेकी थिइन् । उक्त मुद्दामाथि तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रेरणाले दाइजो पाएको ठहर गर्दै सो जग्गा उनकै नाममा हुने गरी ०७२ असोजमा फैसला गरेको थियो ।

सो फैसला चित्त नबुझेपछि नेपाल ट्रष्टले पुनरावलोकनको निवेदन हाल्यो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रष्टको हुने फैसला गरेको थियो । उक्त जग्गा नेपाल ट्रस्टकै नाममा हुने फैसला ग¥यो । उक्त जग्गा पूर्वराजा वीरेन्द्रको रहेको भन्दै वीरेन्द्र र उनका परिवारको नाउँमा रहेका सबै सम्पत्तिको खोजी तथा रेखदेख गर्न गठित ट्रष्टको नाउँमा रहने फैसला भएको थियो । तर, आफूले दाइजोको रुपमा पाएको जग्गा सरकारले नेपाल ट्रष्ट अन्तर्गत ल्याउन नमिल्ने दाबी गर्दै प्रेरणाले पुनः २०७५ पुस ६ गते रिट दायर गरेकी थिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्टको कार्यालय लगायतलाई विपक्षी बनाई उनले निवदेन दर्ता गराइन् । उक्त निवेदनमा आफ्नो मौलिक हकको हनन हुने गरी फैसला भएको उनको जिकिर गरेकी थिइन् ।

(Visited 48 times, 1 visits today)
Loading comments...