आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

करिअर बनाउन ‘व्यवस्थापन’

केशवप्रसाद पाण्डे
2 weeks ago
09/07/2019

 

केशवप्रसाद पाण्डे

एसईईपछि कलेज पढ्ने विद्यार्थीहरूले पढाइ सकेपछि राम्रो र सुरक्षित रोजगारीको अपेक्षा गरेका हुन्छन् । यसैमध्ये नयाँ नयाँ अवसरमा रोजगारी सिर्जना गर्नमा व्यवस्थापन संकाय अब्बल साबित भएको  छ । व्यवस्थापन, विज्ञान, मानविकी, शिक्षा वा जुनकुनै विषयसँग पनि व्यवस्थापन सम्बन्धित हुने र नयाँ नयाँ रोजगारी वा स्वरोजगारको अवसर पाइने भएकाले विद्यार्थी व्यवस्थापन संकायप्रति आकर्षित हुने गरेका छन् ।

पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको नयाँ नयाँ व्यापार, व्यवसाय तथा व्यावसायिक ज्ञानको  उपयोगका सन्दर्भमा व्यवस्थापकको आवश्यकता समेत बढ्दै गएको छ । व्यवस्थापन संकाय नेपाल मात्र नभएर ग्लोबल ट्रेन्डको विषय बन्न पुगेको छ । यो संकाय ‘एभरेज’ विद्यार्थीदेखि ‘ट्यालेन्ट’सम्मले पढ्न सक्ने संकायका रूपमा चिनिन्छ ।

पढिसकेपछि बेरोजगार बन्न नपरोस् भन्न्ने चाहनालाई व्यवस्थापन संकायले पूरा गरेको छ । एसईई उत्तीर्ण भएसँगै विद्यार्थीले विभिन्न विषय छनोट गर्छन् । यसरी विषय छनोट गर्दा बजारको मागलाई जोडेर हेर्ने गरिन्छ । बजारको मागअनुसार करिअरको खोजी गरी विद्यार्थीले त्यही विषय पढ्ने गर्दा बजार र व्यवस्थापनबीच तालमेल मिलेको देखिन्छ । अन्य विषयको तुलनामा बजारले व्यवस्थापनका विद्यार्थीको बढी माग गर्ने गरेको छ ।

व्यवस्थापन संकायअन्तर्गत पढाइ  हुने होटल म्यानेजमेन्ट, एकाउन्टेन्सी,फाइनान्स,बीबीए, ट्राभल एन्ड टुरिजम, बैंकिङ एन्ड इन्स्योरेन्स जस्ता विषय विद्यार्थीको रुचिको विषयका रूपमा देखिएका छन् ।

पछिल्लो समय समाजका हरेक ठाउँमा व्यवस्थापकको आवश्यकता पर्ने गर्छ । अस्पताल होस् वा बैंक, कुशल व्यवस्थापकको खाँचो पर्ने कुरालाई नकार्न सकिँदैन । व्यवस्थापक उत्पादन गर्ने काम व्यवस्थापन संकायले गर्छ ।

करिअर र बजारको तालमेल

रोजगारका दृष्टिकोण धेरै अवसर सिर्जना गर्न सक्ने विषयका रूपमा परिचित छ व्यवस्थापन संकाय । बैंक, वित्तीय संस्था, औद्योगिक कम्पनी, व्यापारिक प्रतिष्ठान एवं प्रशासनिक क्षेत्रलगायतमा प्रशस्त अवसर पाइने भएकाले यो संकायमा विद्यार्थीको चाप पछिल्ला वर्षमा ह्वात्तै बढेको कलेज सञ्चालक बताउँछन् ।

विद्यार्थीको रुचि बढ्दै गएपछि विश्वविद्यालयले  समेत व्यवस्थापन संकायका पाठ्यक्रममा सुधार गर्दै लगेका छन् । सम्पन्न मुलुकदेखि नेपालजस्ता विकासोन्मुख राष्ट्रसम्ममा व्यवस्थापन संकायको अवसर उस्तै छ । व्यवस्थापन संकाय भर्ना भएर भविष्य बनाउनेका लागि व्यवस्थापनले राम्रो अवसर प्राप्त गर्छन् ।

प्रतिस्पर्धी समाजमा कुशल व्यवस्थापनको भूमिका महŒवपूर्ण हुन्छ  । इच्छाशक्ति राखेर क्षमता प्रदर्शन गर्नेहरूको रोजाइमा व्यवस्थापन संकाय रोजाइमा राख्न सक्छन् ।

पछिल्ला वर्षमा विज्ञान संकाय अध्ययन गर्न रुचाउने विद्यार्थीको चाप पनि धेरै छ । सपना देख्न सजिलो हुन्छ । तर, यो पूरा गर्न चानचुने मेहनतले हु“दैन ।

 

डाक्टर र  पाइलट बनाउने ‘विज्ञान’

ठूलो भएपछि के बन्ने ? कलिला बाबुनानीको जवाफ हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट…  तीनै बाबुनानीमध्ये एसईई परीक्षा उत्तीर्ण गरेकाले अब के बन्ने छनोट गर्ने समय आएको  छ । एसईई परीक्षाको नतिजासँगै ११ कक्षा भर्ना भएबाट विषयअनुसार भविष्य निर्धारण हुँदै जाने हुन्छ । धेरैले  साँचेको सपना डाक्टर, इन्जिनियर, पाइलट, नर्स आदिको प्रस्थान बिन्दु भने विज्ञान संकायबाट मात्र सम्भव हुन्छ । पछिल्ला वर्षमा विज्ञान संकाय अध्ययन गर्न रुचाउने विद्यार्थीको चाप पनि धेरै छ ।

सपना देख्न सजिलो हुन्छ । तर, यो सपना पूरा गर्न चानचुने मेहनतले पुग्दैन । विज्ञान संकायमा भर्ना हुनका लागि अब्बल अध्ययन क्षमता भएका विद्यार्थीले मात्र अवसर पाउँछन् । यसभित्र समेत धेरै विषयमा विकल्प उपलब्ध छन् । विज्ञान र प्रविधिको अधिकतम प्रतिस्पर्धी समयमा नयाँ नयाँ आविष्कार खोज तथा अनुसन्धान गरी विश्वसामु प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि विज्ञानको सान्दर्भिकता उत्तिकै छ ।

 

 

 

(Visited 37 times, 1 visits today)
Loading comments...