बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

माटोको ढिस्कोले पुरिएर सुनकोशीमा एकको मृत्यु, २ जना घाइते

बिमला पाण्डे
1 month ago
09/07/2019

सिन्धुली । सुनकोशी गाउँपालिका–६ खाल्टेमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सोमबार एक जनाको मृत्यु भएको छ ।

स्थानीय आमपानी खोल्सोमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा सुनकोशी ६ की सर्मिला रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा सुनकोशी ६ आमपानीका बिमला रम्तेल, बलराम रम्तेल रहेका छन । घाइतेको स्थानीय आत्मीय अस्पतालमा उपचार भइरहेको भइरहेको छ ।

घर लिप्नका लागि रातोमाटो लिन गएका उनीहरुलाई माटोको ढिस्को झरेर थिचेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए ।

(Visited 23 times, 1 visits today)
Loading comments...