बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

स्क्रिप्ट सिकाउँदै हलिउड र बलिउडका लेखक

राजधानी समाचारदाता
1 month ago
10/07/2019

 

काठमाडौं। नेपाली चलचित्रको स्क्रिप्ट कमजोर भएको आरोप लागिरहेका बेला हलिउडका र बलिउडका लेखकले अब नेपाली फिल्म खेलकलाई प्रशिक्षण दिने भएका छन् ।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी र चलचित्र विकास बोर्डले नेपालमा अन्तर्राष्ट्रियस्तरको फिल्म लेखन कार्यशाला गर्दै छ । यस कार्याशालाका लागि हलिउड र बलिउडका लेखक प्रशिक्षण दिन आउने भएका छन् ।

कार्यशालामा बलिउडका स्क्रिप्ट लेखक रोविन भट्ट र अमेरिकाका स्क्रिप्ट लेखक जेफ मोनाहोनले स्क्रिप्ट लेख्न सिकाउनेछन् । एक सातासम्म यो कार्यशाला हुनेछ । कार्यशाला आगामी ४ भदौदेखि १० भदौसम्म मकवानपुरको चित्लाङ र मार्कुमा हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी गराएका छन् ।

भारतीय लेखक रोबिन भट्टले ‘बाजिगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’सहित ७२ वटा बलिउड फिल्मको स्क्रिप्ट लेखिसकेका छन् । उनी बलिउड फिल्म निर्देशक महेश भट्टका प्रिय लेखकसँगै आफन्त पनि हुन् । यस्तै, जेफ अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन् । उनले पनि थुप्रै फिल्मको स्क्रिप्ट लेखेका छन् ।

‘कार्यशालाका लागि स्रोत व्यक्तिका रूपमा रोबिन र जेफ नेपाल आउने पक्का भएको छ । नेपाली चलचित्रको स्क्रिप्ट लेखिरहेकालाई उनीहरूको लेखनमा अझ परिमार्जन गर्न कार्यशाला आयोजना गर्न लागिएको हो,’ अध्यक्ष पाठकले राजधानीसँग भने ।

भदौमा हुने कार्याशालाका लागि दुवै जना नेपाल आउन तयार रहेका पनि पाठकले बताए । नेपालीहरूलाई सिकाउन आफूहरू उत्साहित रहेको पनि यी दुईले बताएको पाठकले जानकारी गराए । उनका अनुसार जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तकनिकी र व्याकरण सिकाउने छन् ।

कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नुपर्ने पनि उनले जानकारी गराए । कार्यशालाको सहजकर्ता सम्पदा मल्लका अनुसार यो कार्यशालामा सहभागीमध्ये उत्कृष्ट हुने पटकथाले १ लाख रुपैयाँ पाउनेछ ।

(Visited 22 times, 1 visits today)
Loading comments...