बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

बजेट सिध्याउन ढलानमाथि पुनः ढलान

सुजीतकुमार झा
1 month ago
11/07/2019

 

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका भित्रै एक सडकमा ग्राभेलमाथि ग्राभेल गरिएको देखिएको छ । कतिपय सडकहरु ग्राभेल नभएको अवस्थामा हिडनयोग्य नरहेको समयमा सो सडकमा ग्राभेलमाथि नै ग्राभेल भईरहेको देखिएको छ । बाटो ढलान छँदाछँदै बजेट सकाउनकै लाग ढलानमाथि पुनः धमाधम ढलान गर्न थालिएको स्थानीयवासीहरुले बताएका छन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ लक्ष्मण अखाडास्थित लक्ष्मण सर पोखरीको उत्तरी पश्चिम डिलको बाटो धमाधम ढलान गर्न थालिएको छ । उपमहानगरपालिकाको ७ लाख ५० हजार रुपैयाँ बजेटमा झण्डै सय मिटर ढलानबाटोलाई पुनः ढलान स्थानीय रामनारायण साह अध्यक्ष रहेको उपभोक्ता समितिले गरिरहेको छ ।

वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र साहकै अगुवाईमा उक्त सडक ढलानमाथि पुनः ढलान भइरहेको छ । राम्रो र ढलान भएकै बाटोलाई किन ढलान गर्न लाग्नु भएको छ भन्ने प्रश्नमा वडाध्यक्ष साहले बाटो बिग्रेको र गहिरो रहेकाले पुनः ढलान गर्न लागेको प्रतिक्रिया दिएका छन् । तर वडाध्यक्षले भने जस्तै नत बाटो बिग्रेको छ नत गहिरो नै छ । स्थानीय युवा शिवशंकर साहले भने ‘ढलान भएको बाटो राम्रो हुँदाहूँदै अहिले नै ढलान गर्नुपर्ने कुनै आवश्यक्ता थिएन । तर असारे बजेट सक्न र भ्रष्टाचार गर्नकै लागि पुनः ढलानमाथि नै पुनः ढलान गर्न लागिएको हो । कारवाही गर्ने निकायको मौनताको फाइदा वडाध्यक्षहरुले उठाइरहेको अर्का युवा मिथिलेश साहले लगाएका छन ।

(Visited 22 times, 1 visits today)
Loading comments...