आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

बढ्दो सर्पदंश र बच्ने उपाय

डा. प्रकाश बुढाथोकी
1 week ago
11/07/2019

 


डा. प्रकाश बुढाथोकी

गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामी बढ्छन् नै किनभने यो समयमा सर्प जमिनबाहिर निस्कन्छन् । प्राकृतिक प्रकोपपश्चात् सर्पको बासस्थान नष्ट भएपछि मानिसको बासस्थानतिर छिर्दछन् । गर्मी याममा हुने डर, त्रास र मृत्युको कारण भनेको सर्पको टोकाइ हो ।
विश्वमा प्रत्येक वर्È पुगनपुग ५० लाखलाई सर्पले टोक्ने गरेको तथा सर्पदंशबाट पीडित हुनेगरेको र करिब १ लाख व्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संघले जनाएको छ । त्यस्त,ै करीब ३ लाखभन्दा बढी व्यक्तिको हातखुट्टालगायतका अंग सर्पको टोकाइले काट्नु परेको तथ्यांक हाम्रोसामु छ । तर, आंकडामा संलग्न नभएका थुप्रै हुनसक्ने पनि बताएको छ । अप्र्रिmका र एसिया महादेशमा बढी प्रजातिका विÈालु सर्प पाइन्छन् । यिनै Ôेत्रमा नै बढी सर्पदंश र यसवाट मृत्यु हुनेगरेको छ । फरकफरक सर्पको टोकाइमा फरक औÈधि हुने भएकाले र जलवायु परिवर्तनले सर्पको विÈाक्तता, व्यापकता तथा पहिचान हुन नसक्नाले मृत्यु बढ्दो छ ।

वार्षिक २ हजार बढी सर्पले डसेको आशंकामा भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउँछन् । टेकु अस्पतालमा दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरका ग्रामीण भेगबाट आउने गरेका छन् । उपत्यकामा २२ थरिका सर्प पाइने सर्पविज्ञ बताउँछन् । लुम्बिनी अञ्चल अस्पतालमा आव २०७४÷७५ मा सर्पले टोकेका ११ सय ३ मा विषालु सर्पका १ सय ७७ जनाको उपचार भएको तर १३ जनाको मृत्यु भएको तथ्यांक छ । विभागको तथ्यांकअनुसार गत वर्ष देशभर ६ हजार बढी सर्पदंशले घाइते भएको र २३ को मृत्यु भएको थियो । पछिल्लो आठ वर्षमा सर्पदंशका कारण १ सय ३१ ले ज्यान गुमाइसकेका छन् । सर्पदंशको मृत्युदर नेपालमा १० प्रतिशत छ ।
अधिराज्यको एक चौथाई सर्पदंशको उपचार गरिने लुम्बिनी अञ्चल अस्पतालको तथ्यांकअनुसार सा“झ ६ बजेसम्म १६ प्रतिशत राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५७ प्रतिशत र बिहान ६ बजेदेखि दिउ“सो १२ बजे सम्म १२ प्रतिशत सर्पले टोकेको पाइन्छ ।

 

पहिले तराईमा मात्र हुने आंैलो, कालाज्वर अहिले क्रमशः पहाड र हिमाल चढेका छन् भने तराईमा मात्र देखिने विषालु गोमन, करेतजस्ता सर्पहरू काठमाडौंका विभिन्न स्थानमा पाइन थालेका छन्

झारफुक गर्नेले ग्यारेन्टी दिई अल्झाउने गर्नुभन्दा अस्पतालमा रिफर गर्नुपर्छ किनभने विषालु सर्पले टोकेमा एक मात्र बच्ने र बचाउने उपाय भनेको तुरुन्तै अस्पताल लैजानु हो

 

तराईका विषालु सर्प पहाड सर्दै

पहिले तराईमा मात्र हुने औलो, कालाज्वर अहिले क्रमशः पहाड र हिमाल चढेका छन् भने तराईमा मात्र देखिने विषालु गोमन, करेतजस्ता सर्पहरू काठमाडौंका विभिन्न स्थानमा पाइन थालेका छन् । काठमाडौंमा गत वर्ष सर्पले डसेर एक जनाको मृत्यु भएको थियो । जसले तराईकै कोब्रा, करेत नै थियो कि पहाडमै पहिले नभेटिएको नयाँ सर्प थियो । स्मरण रहोस् सन २०१८ जुलाईमा गौरीशंकर संरक्षण क्षेत्रमा तराईमा पाइने किङ कोब्रा देखिएको थियो । जलवायु परिवर्तनले सर्प चिसो ठाउँमा बस्न सक्ने भएको वा हिमाली क्षेत्रमा तापक्रम बढी तराईजस्तै भएको अनुमान गर्न सकिन्छ । अहिले उपत्यकामा पनि सर्पको बिगबिगी छ ।
तराईमा भए विषालु सर्पले टोकेको सम्भावना बढी हुन्छ, तथापि सबै विषालु सर्पले विष छोडेका हुँदैनन् । यसलाई ‘ड्राई बाइट’ भन्ने गरिन्छ । मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढेर विष छिटो फैलन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा हृदयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, नीलो, फोका उठ्ने, संक्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाऊडिने वा नचल्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् । विषालु सर्पले डसेमा आ“खा धमिलो हुने, आ“खाको ढकनी तल लत्रिने, थुक निल्न गाह्रो हुने, श्वास लिन गाह्रो, पेट दुख्ने, उल्टी आउने र रक्तश्राव हुनेगर्छ । सर्पदंशमा मुखबाट केही नखाने, टोकेको ठाउँमा डोरीले नबाँध्ने, विष तान्न कुखुरा वा प्राणी प्रयोग नगर्ने, टोकेको स्थानमा धारिलो हतियारले नकाट्ने गर्न पर्दछ ।

लÔण

टोकेको ठाउ“मा दुई दा“तको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउ“मा फोका उठ्न थाल्दछ । दुख्छ, सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । वाकवाकी लाग्छ । मुखबाट ¥याल निक्लन्छ । डर त्रासले उत्तेजित हुन्छ । ओंठ र मुख सुख्छ । तीर्खा लाग्छ । मुटुको धड्कन बढ्छ । आ“खीभौं र परेला तल झर्छ । खान निल्न समस्या देखिन्छ । बोल्दा जिब्रो लर्बराउँछ । हिँड्दा खुट्टा लड्खडाउँछ । समय बित्दै जा“दा आ“खाले एउटा वस्तुको दुई छाया देख्ने, आ“खा खोल्न गाह्रो हुनेगर्छ । सास लिन समस्या हुन्छ । पक्षघात देखिन्छ । ३–६ घण्टापछि पिसाब रातो भएर आउ“छ ।
तसर्थ, विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई मांसपेशीमा पक्षघात हुनजान्छ । रक्तचाप ज्यादै न्यून भई अचेत हुनजान्छ । मृत्यु पनि हुन्छ । तर, भाइपरको टोकाइमा छालाको रंग निलो हुने, आ“खाको नानी ठूलो हुने र विभिन्न रक्तश्राव हुन्छ । अति विषालु सर्पका रूपमा परिचित करेत, गोमन र भाइपर सर्पहरूले टोकेको मान्छेलाई तुरुन्त औषधि उपचार गर्न नसकेको खण्डमा मृत्यु हुने सम्भावना अधिक हुन्छ । तर, व्यवहारमा ६० जति सर्पदंशमा या त विषालु हुँदैन या विष नपर्ने तथा परे पनि कम भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार विषालु सर्पले टोकेमा पनि ३० प्रतिशतले मात्र विष छोड्छन् र ७० प्रतिशतको विष लाग्दैन । यस्ता ७० प्रतिशत मानिसलाई औषधि र झारफुक नगरे पनि केही हु“दैन ।

प्राथमिक उपचार

टोकेको ठाउ“मा चिन्ह लगाई साबुन पानी वा पोटास पानीले तत्काल पखाल्ने र कपडाले छोप्नुपर्छ । विरामीलाई आश्वस्त पार्ने, ढाडस दिने, मनोबल बढाउने, विषसँग लड्ने क्षमता बढाउन प्रेरित गर्ने गर्नुपर्छ । त्रसित अवस्थामा मुटुको चाप र धड्कन बढ्दछ । विष झन् बढी र छिटो
फैलन्छ । होसमा भए प्रशस्त चिसो झोल पदार्थ, चिया, कफी, पानी, खान दिने तथा घाउ वरिपरि बरफ चिसो पानी राख्ने गर्नुपर्छ । टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ ।
स्वास्थ्य संस्था टाढा भए टोकेको ठाउँदेखि २÷३ इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउ“मा चौडा पट्टी (व्यान्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औंला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनपर्छ । अस्पताल धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न ३ घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ ।

रोकथाम

घर वरिपरि अनावश्यक ठूला घा“स खर झा“डीहरू नराख्ने दूलो बन्द गरिदिने, घरभित्र सिध्रा माछा खुला रूपमा राख्न हुँदैन । रातिमा अधिकांश सर्पदंश हुने भएकाले सुत्ने बेलामा गेट, ढोका, बन्द गर्ने घर वरिपरि फिनेल वा मट्टितेल छर्कने, झ्याल ढोकाहरूमा जाली लगाउने, राति हिँडडुल गर्दा हातमा लौरो उज्यालोको प्रबन्ध गरी जुत्तालगाएर हिँड्ने गर्नुपर्छ । घरबाहिर तथा भित्र सामान जथाभावी नराख्ने, मिलाउने, सर्प बस्न सक्ने सम्भाव्य स्थानमा जा“दा होसियारी अपनाउने, सर्पहरू देख्ने बित्तिकै चिनी विषालु भएमा मार्ने गर्दा हुन्छ । रेडियो, पत्रपत्रिकामार्फत स्वास्थ्य शिक्षा दिने, जनचेतनाका कार्यक्रम गरी जानकारी दिने गर्दा पनि सर्पदंशबाट जोगाउन सकिन्छ । झारफुक गर्नेले ग्यारेन्टी दिई अल्झाउने गर्नुभन्दा अस्पतालमा रिफर गर्ने किनभने विषालु सर्पले टोकेमा एक मात्र बच्ने उपाय तुरुन्तै अस्पताल लैजानु हो ।

 

(Visited 75 times, 1 visits today)
Loading comments...