बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

खेलकुद परिसको निरीक्षण

राजधानी समाचारदाता
2 months ago
11/07/2019

काठमाडौं  । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बुधबार निरीक्षण गरेका छन् ।

सदस्य सचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् ।

हिटिङ पौडी पोखरीको निरीक्षण क्रममा सदस्य सचिव सिलवालले निर्माण कार्यमा संलग्न पक्षसँग भुक्तानीका विषयमा चिन्ता नलिन भन्दै निर्धारित समयमा काम सम्पन्न हुनुपर्नेमा जोड दिए ।

त्यस्तै मर्मत सम्पन्न भएको पौडी पोखरीको निरीक्षण क्रममा सदस्य सचिव सिलवालले चाँडोभन्दा चाँडो पोखरीमा पानी भर्ने काम सम्पन्न गरी साउन १ गतेदेखि नै प्रयोग गर्न मिल्ने गरी तयार गर्न अन्तर्राष्ट्रिय खेलकुद परिसर प्रमुख टेकबहादुर बमलाई निर्देशन दिए ।

पूर्वाधारले साग रोकिन्न : निरीक्षणअघि सदस्य सचिव सिलवालले विभिन्न खेलका प्रमुख प्रशिक्षकसँगको भेटमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) पूर्वाधारका कारण नरोकिने बताउँदै सबैलाई तयारीमा जुट्न निर्देशन दिए ।

उनले सागसँगै नवौं राष्ट्रिय खेलकुदको तयारी पनि सुरु गर्ने बताउँदै लामो समय काम गरेको प्रशिक्षकभन्दा पनि परिणाम दिने प्रशिक्षक आफ्नो पहिलो रोजाइ हुने बताए ।

 

 

(Visited 19 times, 1 visits today)
Loading comments...