आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

५ अर्ब बढीको हकप्रद सेयर निष्कासन, हकप्रद सेयरले विकृति : इन्भेस्टर्स फोरम

पूजा चँदारा
1 week ago
11/07/2019

काठमाडौं। नेपाल धितोपत्र बोर्डले १८ वटा कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा बोर्डले विभिन्न कम्पनीको ५ अर्ब १५ करोड ३६ लाख ९८ हजार ९ सय रुपैयाँबराबरका ५ करोड १५ लाख ३६ हजार ९८९ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति दिइएको हो । हकप्रद सेयरको अनुमति माग गर्ने लघुवित्त र इन्स्योरेन्स कम्पनी मात्रै रहेको धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार १२ वटा लघुवित्त समूहका कम्पनी र ६ वटा इन्स्योरेन्स कम्पनी  रहेका छन् ।

हकप्रद सेयर पुँजी बजारका लागि प्रभावकारी नभएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनले भने ‘अन्य मुलुकमा कुनै कम्पनीले हकप्रद सेयर जारी ग¥यो भने शंकाको दृष्टिले हेर्ने गरिन्छ, कम्पनीको अवस्था राम्रो छैन भन्ने बुझिन्छ ।’ हामी कहाँ हकप्रद सेयरले विकृति ल्याएको छ । नियमक निकाएले पुँजी वृद्धिको योजना ल्यायो तर हकप्रद सेयरमा अंकुश लगाएन । पुँजी वृद्धि गर्न कम्पनीले साधारण सभाबाट हकप्रद सेयरको एजेन्डा पास गरी धितोपत्र बोर्डबाट धमाधम अनुमति माग गरी जारी गरे । यसको नराम्रो प्रभाव बजारमा परेको देखिन्छ । उनले भने ‘हकप्रद सेयरमा अंकुश लगाएर फोर्स मर्जरको विषयमा केन्द्रित हुनुपर्छ ।’

 

 

चालू आर्थिक वर्षमा हकप्रद सेयरको अनुमति पाएका कम्पनी
कम्पनी कित्ता
स्वदेशी लघुवित्त वित्तीय संस्था ११,५०,०००
माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ३,००,०००
मिथिला लघुवित्त वित्तीय संस्था ३,२९,८९०
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था २,८८,०००
बमी लघुवित्त वित्तीय संस्था १०,१०,८८०
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था ११,०४,५७५
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ३२,७५,०००
नाडेप लघुवित्त वित्तीय संस्था १६,००,०००
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था १,१०,०००
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ३२,८९,०००
मल्टिपर्पज वित्तीय संस्था ३५,८५,२६४
किसान माइक्रोफाइनान्स वित्तीय संस्था २४,२५०
एभरेस्ट इन्स्योरेन्स कम्पनी १४,०३,३२५
नेपाल इन्स्योरेन्स कम्पनी ४०,१४,६५२
एसियन लाइफ इन्स्योरेन्स कम्पनी ७५,४०,३५३
एभरेस्ट इन्स्योरेन्स कम्पनी ८२,१९,४७५
युनाइटेड इन्स्योरेन्स कम्पनी ७२,५७,६००
सूर्य लाइफ इन्स्योरेन्स कम्पनी ७९,२३,३००

 

लगानीकर्ताले बजारका लागि हकप्रद सेयर उचित नभए भन्दै समयसमयमा कुरा उठाए पनि चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म १८ वटा कम्पनीहरूको ५ अर्ब १५ करोड बढी रुपैयाँको सेयर बजारमा आएको हो ।
यी कम्पनीको अधिकांशको सेयर जारी भइसकेको छ । त्यस्तै धितोपत्र बोर्डले अन्य सातवटा कम्पनी पनि अनुमति पखाईमा रहेको जनाएको छ । लगानीकर्ताले हकप्रद सेयरले बजारमा नकारात्मक असर पारेको बताइरहँदा धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आपूmहरू लगानीकर्ताको हकहित संरक्षणमा रहेको हुँदा लगानीकर्ताले नै कम्पनीको साधारण सभाबाट पारित गरेको हकप्रद सेयरलाई अध्ययन गरी अनुमति  दिएको बताए ।
उनले भने हामीले हकप्रदका लागि आएको आवेदन अनुमति रद्द गर्न मिल्दैन । सेयरको आपूर्ति बढी भयो भने माग बढाउने खालका समंयन्त्रको विकास गर्ने हो । त्यसका लागि हामीले अनलाइन प्रणाली, ब्रोकर शाखा विस्तार, सी–आस्बालगायतका संयन्त्रको विकास गरेका छांै । बाँकी कुनै कम्पनीको हकप्रद सेयर आयो भन्दैमा आवेदन दिनैपर्छ भन्ने हुँदैन यसमा लगानी गर्दा लगानीकर्ताले नै ध्यान दिनुपर्ने गिरीले बताए ।

 

(Visited 63 times, 1 visits today)
Loading comments...