शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

घरमा सुतिरहेकी बालिकालाई खेतमा लगेर सामुहिक बलात्कार

सुजीतकुमार झा
3 months ago
11/07/2019

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ८ मा १४ बर्षिया बालिका सामुहिक बलात्कारको सिकार बनेकी छन् । स्थानीय दुई यूवकले घरबाटै उठाएर मंगलवार मध्यरातमा खेतमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत बालिकाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

घरमा एक्लै सुतेकी बालिकालाई राती दुई युवाले मुख थुनेर माटरसाइकलमा हालेर खेतमा पु-याएपछि बलात्कार गरेका थिए । बालिकाको स्वास्थ्य परीक्षण अंचल अस्पताल जनकपुरमा भएको छ ।

(Visited 56 times, 1 visits today)
Loading comments...