बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

शिल्पा र छबीविच लिखित सम्झौता

राजधानी समाचारदाता
2 months ago
11/07/2019

काठमाडौं । छवि ओझाले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी शिल्पा पोखरेलले बिहीवार छवी ओझासंग सहमति गरेकी छिन् । उनीहरुको विवाद छलफलबाट टुंगिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा छबीले शिल्पाको सुरक्षाको ग्यारेन्टी लिएका छन् ।

फिल्म निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर भित्रिएकी शिल्पा फेरी छबीसंग बस्छिन् वा छुट्टै बस्छिन् भन्न सकिन्न । २०७३ सालको दशैंमा गोप्य विवाह गरेका यी जोडीले विवाहको प्रसंगलाई भने गुपचुप राख्ने प्रयाश गरेका थिए ।

छविराजले चलचित्र ‘लज्जा’ मार्फत् फिल्ममा डेब्यु गरेकी शिल्पाले हवल्दार सुन्तली, मंगलमलगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

(Visited 97 times, 1 visits today)
Loading comments...