आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

वन तथा वातावरण संरक्षणका लागि साझा प्रतिबद्धता

एम के माझी
1 week ago
11/07/2019

राजविराज । वातावरण तथा वन सम्वद्र्धनका लागि हरसम्भव प्रयास गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएको छ ।

प्रदेश २ सरकारको वार्षिक कार्यक्रम अनुसार बिहीबार डिभिजिन वन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको वाताबरण, नीजि वन सम्वद्र्धन तथा बृक्षारोपन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सहभागि निजि वन, समुदायिक वन उपझोक्ता समूह तथा वन एवं वातावरणसँग जोडिएका संघसंस्थाका प्रतिनिधिहरुले वन विनासले वातावरणसँगै अन्य धेरै पक्षमा नकारात्मक प्रभाव पारिरहेको भन्दै यसको संरक्षणका लागि आफूहरुले पनि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा वन विज्ञ डा. नागेन्द्र प्रसाद यादवले वनजंगल क्षेत्र साँघुरो बन्दै गई विभिन्नखाले समस्याहरु उत्पन्न भइरहेको बताउँदै यसको संरक्षणका लागि सरोकारवालाहरुको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार झाले वन विनासबाट हुने क्षतिबारे चर्चा गर्दै वन व्यवस्थापन र आर्थिक उपार्जनका लागि सरोकारवालाहरुबाट आएको प्रतिबद्धताले कार्यक्रम प्रभावकारी भएको अनुभूती मिलेको सुनाए । बृक्षारोपनमा जोड दिएका उनले वन संरक्षणका लागि कार्यालयबाट गराउन सकिने हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सहायक वनअधिकृत सोमेन्द्र कुमार सिंह, हरिनारायण मण्डल, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झालगायतले पनि बोल्दै वन मुलुककै सुन्दर गहना र स्वास्थ्यको रक्षक भएकोले यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

(Visited 16 times, 1 visits today)
Loading comments...