बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

५ हजार ऋण तिर्न ६८ वर्षदेखि हलो जोत्दै

सीपी लोहिया
2 months ago
11/07/2019

बैतडी । दलित समाज बिकास मञ्च बैतडीले १ महिनासम्म दशरथचन्द नगरपालिकाका सबै वडाहरुमा दलितको अवस्था बिश्लेषण सम्बन्धी कार्यक्रम ग¥यो । त्यहाँ दलितका अवस्थाबारे जानकारी लिन जिल्ला स्थीत सरोकारवाला पनि पुगे, बैतडीबाट निर्वाचित सांसदहरु, पुर्व सभाषद, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृत, अधिकारकर्मि, पत्रकार गरि कुनै ठाउँमा कोहि कुनैमा कोहि पुगेर दलितका अवस्था बारे अध्ययन गरे । उनीहरु सामू दलितहरुले आफ्ना कुरा प्रष्टसंग राखेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाण्डौकी नन्दा लावडको परिवार ६८ बर्ष अघि लिएको ६ हजार रुपयाँको ब्याज बापत साहूको घरमा हलो जोतिरहेका ेछ । नन्दा भन्छिन्,‘मेरो ससुराले आजभन्दा ६८बर्ष अगाडी स्थानिय तारा भट्ट (सेट जी) को बाट ६ हजार रकम ऋण लिनुभएको थियो रे । तर त्यसको ब्याज वापत ससुराले ४० बर्ष सम्म उहाँको हलो जोत्नुभयो ।’ हलो मात्रै नभई खेत खन्ने, अन्न भित्र्याईदिने, दाउरा चिरेर घरमा ल्याइदिने, खर काटेर थन्क्याईदिने त्यो सबै काम उनको परिवारले गर्दै आएको छ ।

उनी भन्छिन् ‘४० बर्ष काम गरेरपछि सासु ससुरा बुढो हुनुभयो त्यसपछि त्यो जिम्मा मेरो पति कृसनको काधँमा आयो ।’ नन्दाले २८ बर्ष अगाडि श्रीमानले थप ५ हजार ऋण लिएको र त्यो दुबै जोडेर जम्मा ११ हजार रकममा स–परिवारले ६८ बर्षदेखि हलियाको रुपमा काम गर्दै आएको बताईन् ।

तीर्खा लाग्दा पानी खान पाउदैनन्

देहिमाण्डौकै पार्वति लावडले तिर्खा लागेको बेला होटेलमा गएर, टेबुलमा राखिएको पानी समातेर खादाँ होटेलवालाले ‘डुमहरु घरभित्रै पस्न थाले’ जस्ता अपाच्य शब्द प्रयोग गर्ने बताइन् ।

एकजना गैरदलित साथीसंग श्रींगारका सामान किन्न जाँदाको प्रसंग सुनाउदै भनिन् । ‘व्यापारीले डुमीनीले लगाउने सामान पनि के हेर्छौ भन्दै गाली गरे ।’ बजारमै बेच्ने सामान पनि दलितका लागी अलग्गै र अरुका लागी अलग्गै राख्ने गरेको उनले सुनाइन् ।

दलित समाज बिकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले आम दलितको अवस्था दयनिय रहेको जानकारी दिइन् । कानुनि रुपमा २०६५ भदौ २० मा हलियामुक्त घोषणा गरेपनि ब्यवहारमा लागु हुन सकेको छैन । सरकारले मुक्त हलिया पुर्नस्थापनाका लागी केहि राहतका कार्यक्रम ल्याएपनि सबैले नपाएको नेपालीले बताइन् । आफुहरु यसको अध्ययनका लागी गाँउघरमा पुगि अवस्था बुझी रहेको र सरोकारवालाहरुलाई बुझाई रहेको बताइन् । यो अभियानका क्रममा जातिय बिभेदका कयौँ घटनाहरु दलितहरुले सुनाएको उनले बताइन् ।

गहुँत बोकेर आउछन् सहभागी

जिल्लाको दोगडाकेदार गाँउपालिकामा महिला उत्थान समाजले सबै वडाहरुमा जनचेतनामूलक अन्तरक्रिया ग¥यो । अन्तक्रिया मुख्य तथा बाल मृत्यूदर र मातृ मृत्यूदर न्यूनिकरण सम्बन्धी थियो । तर त्यसमा सामाजमा ब्यप्त हानिकारक प्रचलन बारे समेत छलफल गरियो । आफुहरु जातिय बिभेदको बिरुद्ध बनेका कानुनहरुको बिषयमा सहजीकरण गरिरहदाँ समेत त्यहाँ महिलाहरु गाईको गहुँत बोतलमा बोकेर ल्याउने गरेको पाइयो । उनीहरुले दलितलाई छोएपछि गहँुत तथा पानी छर्केर बस्ने गरेको सामाजिक अभियन्ता कुसुम नाथले बताइन् । उनले दोगडाकेदार वडा न. ६ सित्तडमा आफुले जातका आधारमा कसैले कसैलाई भेदभाव गर्न नहुने बिषयमा सहजीकरण गरिरहदाँ समेत उनिहरु हरेक दिन गहुँत बोकेर सार्वजनिक कार्यक्रममै सहभागी भएको बताइन् ।

बिगत २५ बर्षदेखि महिला उत्थान समाज, समाजमा ब्यप्त कुरितिका बिरुद्ध अभियानरत रहेपनि यो अभियानले सार्थकता पाउन नसकेको महिला उत्थान समाजका कार्यकारी निर्देशक कासिसिंह बिष्टले बताए । उनले राजनितिक दलहरु तथा स्थानिय तहले जातिय बिभेदका साथै समाजमा ब्यप्त सबै बिभेदका बिरुद्धमा अभियान थाल्नुपर्ने बताए । दोगडाकेदार वडा न. ५का अध्यक्ष भानसिंह भाटले भने जातिय बिभेद पहिलाको तुलनामा धेरै हदसम्म न्यूनिकरण भएको बताए ।

(Visited 142 times, 1 visits today)
Loading comments...