आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

बुढीगंगा नदी थुनिने खतरा बढ्यो, स्थानिय त्रसित

नन्दा थापा
1 week ago
11/07/2019

बाजुरा (मार्तडी) । बाजुराको बुढीगंगा र त्रिबेणी नगरपालिका बीचमा रहेको बुढिगंगा नदी थुनिने खतरा बढेको छ । वर्षासँगै नदीमा पानीको बहाव बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन् ।

गत वर्षदेखि नै उक्त ठाउँमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा सुख्खा पहिरो बगे पनि त्यसले खासै असर गरेको थिएन । वर्षातमा नदीमा पानीको बहाव बढ्ने भएपछि द्वावारीमा रहेको नदी थुनिने खतरा भएपछि स्थानीयबासी त्रसित बनेका छन् ।

लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीच भागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले नगर प्रमुख रामसिंह रावलले बताएका छन् । नदी थुनिने जोखिम बढेपछि स्थानीयलाई समेत सचेत गराइएको रावलले बताए ।

पहिरोले बुढीगंगा र त्रिबेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुबैतर्फको खेतियोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ

गत वर्षदेखि नदीबुढीगंगा नगरपालिका तिरको छेउतिर बगिरहेको छ । नदी एक छेउबाट बग्न थालेपछि यता बुढीगंगा नगरपालिका–१ अम्कोटको तल्लो भागबाट पहिरो जान सुरु भएको स्थानीय नविन थापाले बताए । लगातार पहिरो जान थालेपछि त्रिबेणी नगरपालिका ९ पैमा र बुढीगंगा नगरपालिका १ अमकोटका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्। ’गाउँको छेउबाटै रातभर गड्याङ गुडुङ आवाज आउँछ । निन्द्रै लाग्दैन’,स्थानीय भानुभक्त पाध्यायले भने,’ यहाँ जतिबेला जे पनि हुनसक्छ ।’

त्रिबेणी नगरपालिका–९ पैमाको छेउबाट लगातार आएको पहिरोले गत वर्ष तीन महिनासम्म साँफे– मार्तडी सडक पूर्णरुपमा बन्द भएको थियो । पहिरोले बुढीगंगा र त्रिबेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुबैतर्फको खेतियोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ । बाँकी रहेको जमिन कटान हुन सुरु भएको स्थानीय त्रिबेणी नगरपालिकाका नरी रावलले बताए ।

लगातार पहिरो जाने हो भने बुढीगंगा नगरपालिकाकाको क्षेत्रमा रहेको साफे मार्तडी सडकखण्ड, अम्कोटको बस्ती, ताँप्री सेरा,सेरा,फालासेनको तल्लो भाग,बार्जुगाडको तल्लो भाग लगायतका थुप्रै खेतीयोग्य जमिन बग्ने निश्चित छ । त्यस्तै, त्रिबेणी नगरपालिकाको(९ को पैमा गाउँ विस्तापित हुने भएको छ। गाउँ वरिपरि, तलामाथि चारैतिरबाट पहिरो जान सुरु भएको स्थानीय मदन थापाले जानकारी दिए ।

त्रिबेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले पैमा गाउँबासीको खेतीयोग्य जमीन र वरपरका गोठ छाना पहिरोमा पुरिसकेको र अब गाउँ नै पुरिने अवस्थामा रहेको रावलले बताए । नदी थुनिएपछि त्रिबेणी नगरपालिकाकाको तल्लो भागमा रहेका थुप्रै बस्ती तथा खेतीयोग्य जमिनमा क्षति पुग्ने स्थानीयले बताए । बडिमालिका नगरपालिकाको तिपाडा,जडगासम्मा क्षति पुग्नसक्ने स्थानीयले बताएका छन् ।

(Visited 259 times, 1 visits today)
Loading comments...