बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

यो साता २ अर्ब १७ करोडको सेयर कारोबार

पूजा चँदारा
2 months ago
12/07/2019

काठमाडाैं । याे साता नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य घटे पनि कारोबार रकम सकारात्मक रहेको छ । नेप्सेका अनुसार यस साता १८३ कम्पनीहरूको सेयर कारोबार भएको छ । एक सातामा २ अर्ब १७ करोड ३२ लाख ९४ हजार ५५६ रुपैयाँ बराबरका ९७ लाख ३३ हजार २६५ कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता १८७ कम्पनीका १ अर्ब ९९ करोड ९५ लाख ४९ हजार २१३ रुपैयाँ बराबरका ७१ लाख १४ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका थिए । यस साता नेप्सेको कारोबार रकम गत साताको तुलनामा १७ करोड ३७ लाख बढीले बढेको छ ।

यस साताको परिसूचक घटे पनि कारोबार रकमले बजारलाई थोरै सकारात्मक बनाएको छ । सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले लगानीकर्ताहरूमा दुबिधाको स्थिति देखिएको बताएका छन् । उनले भने, ‘लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेका छन्, त्यसमा पनि अझ बैंकहरूको बिग मर्जरपछि कुन बैंक कोसँग मर्जमा जान्छ भन्ने विषयलाई लिएर लगानीकर्तामा दुबिधाको स्थिति देखिएको बास्तोलाले बताए ।’ यस साता पनि समग्र बजारमा आपूर्ति बढी देखिएको छ । नियमनकारी निकायले पनि सेयर बजारको विकासको लागि नीतिनियम ल्याउने मात्रै तर प्रभावकारी कार्यान्वयन नहुँदा बजारमा लगानीकर्ता विश्वस्त नभएको बास्तोलाले बताए ।

साताको पहिलो दिन आइतबार १ हजार २६०.४७ को बिन्दुबाट सुरु भएको बजार निरन्तर ओरालो लाग्दै अन्तिम समयमा ४.४२ अंकले घटेर १ हजार २५६.०५ को बिन्दुमा आएर कारोबार बन्द भएको थियो । त्यसयता सोमबार साताकै सबैभन्दा बढी ८.७ अंकले घटेर १ हजार २४७.३५ को बिन्दुमा बजार बन्द भएको हो । यो बिन्दु साताकै न्यून बिन्दु रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ । यस साता मंगलबार मात्रै बजारमा सामान्य सुधार देखिएको थियो । यस दिन नेप्से परिसूचक २.९२ अंकले बढेर १ हजार २५०.२७ को बिन्दुमा पुगेर कारोबार भन्द भएको बजार बुधबार १.१२ अंक र बिहीबार ०.६२ अंकले नकारात्मक देखिएको हो ।

यस साताको अन्तिम दिन नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.५२ अंकले घटेर अन्तिम दिन १ हजार २४८.५३ अंकको बिन्दुमा पुगेको छ । यस साता समूहगत परिसूचकलाई हेर्ने हो भने नौवटा उपसमूह घट्दा दुईवटा उपसमूह मात्रै बढेका छन् भने व्यापार समूह स्थिर रहेको छ । यस साता जलविद्युत् र वित्त समूह मात्रै बढेको नेप्सेको तथ्यांकले देखाएको छ । जलविद्युत् समूह पहिलो दिनको तुलनामा ३.३७ अंकले वृद्धि हुँदा वित्त समूह ०.६६ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी निर्जीवन बिमा समूहमा दबाब देखिएको छ ।

जसको एक सातामै १२०.०२ अंकको गिरावट देखिन्छ । जीवन बिमा समूह ६२.९२ अंक, उत्पादन तथा प्रशोधन समूह ५१.२४ अंक, होटेल समूह ३०.७७ अंक, अन्य समूह १०.९७ अंक, लघुवित्त समूह ८.९२ अंकले, विकास बैंक समूह ८.१७ अंक, बैंकिङ १.९४ अंकले, र म्युचुयल फन्ड ०.१३ अंकले घटेर बन्द भएको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...