बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

सहिदका श्रीमती भन्छन् ‘कि खाडिमा श्रम बेच्न देउ कि जागिर देउ’

भुुपराज बस्याल
1 month ago
16/07/2019

युएई । गुल्मीकी सिता थापा हाल युएईमा छिन् । उनि घरको काम गर्नैको लागि युएई आएकी हुन् । दुई छोरा कि आमा बनेकि सिता आफ््ना सन्तान पाल्नको लागि युएई आएकी हुन् ।

एक छोरा जन्मिए पछि अर्काे बच्चा पेटमा हुँदा श्रीमान गुमाएकी सिताका श्रीमान को नाम हालै नेपालमा आएको गणतन्त्रको आहुति दिने सहिदको लिस्टमा छ । गणतन्त्रपछि देश परिवर्तनको ठुलो आशा देखेकि सिताको देस परिवर्तनका आशा त पुरा भएन् आफ्नै श्रम बेच्न पनि सरकारको रोकमा परेकि छिन् ।

पति सहिद भएको किताब छोराछोरी लाई पढाउनको लागि श्रीमति खाडिमा श्रम बेच्दै

घर परिवारबाट अलग रहेर श्रीमान सँग बस्दै आएकि उनिले श्रीमान गुमाए सँगै आयस्रोतको बाटो पनि गुमाइन् । दुई छोराको पालन पोषणका लागि आयस्रोत बाटो नभएपछि उनि छोराहरुलाई माईति घरमा राखेर कामको लागि युएई आईन् । हातमा कुनै सिप नभएपछि घरमा काम गर्नुको कुनै विकल्प थिएन त्यसैले उलले घरको काम गर्दै छोराहरु लाई लालनपालन गर्दै आएकी छन् । बाध्याताबस बिदेशी भुमिमा छिरेकि सितालाई श्रीमान सहिदपछि आएको गणतान्त्रिक सरकारले तिनै छोराहरु पनि भेट्न जान पाएकी छैनन् ।

कारण हो सरकारले खाडि मुलुकका घरेलु कामदारमा लगाएको रोक । उनि भन्छिन् ‘म आफ्नो काममा सन्तुष्ट छु तर पनि नेपाल गएँ भने आउन पाउदिन त्यसैले जान सेकिकी छैन ।’ गहभरि आशु बगाउदै उनले भनिन् ‘श्रीमान भएको भए सायद खाडिमा आउन पर्दैन थियो होला जसो तसो घर परिवार चलेकै थियो ।’ श्रीमान सहिद भएपछि आएको गणतन्त्रले आफुलाई पनि घर परिवारवाट अलग राखेको गुनासो गरिन् । उनी आग्रहको भाषामा भन्छिन् ‘कि नेपालमै जागिर देउ होइन भने आफ्नो इच्छा अनुसारको श्रम बेच्न देउ ।’

आफ्नो परिवारसँग भेट्ने इच्छा कस्लाई हुदैन र तर पनि घर आउजाउ गर्न पाइदैन पुन आउन नपाएमा छोराहरुलाई पढाउने खर्च समेत हुदैन त्यसैले जान नसकेको उनको गुनासो छ । जो पहिले देखि काम गर्दै आएका छन् र काममा पनि सन्तुष्टी छन् भने उनिहरु लाई पुन श्रम स्कृति दिनु पर्ने उनको सरकार संग माग छ ।

पारिवारीक बाध्यताबस युएईमा घरमा काम गर्दै आएकी स्याङ्खजा जीमुवाकी जमुना शर्मा बिरामि परिन् सामान्य उपचारपछि काम गर्दै आएको घरको मालीकले टिकट उपलब्ध गराउदै नेपाल गएर उपचार गराउन भन्यो तर उनि नेपाल जान सकिनन् । नेपाल सरकाले घरेलु कामदरमा लगाएको रोकको बारेमा घर मालिकालाई सुनाएपछि घर मालिकले आश्याक पर्ने सबै डकुमेन्ट दिन तयार हँुदा पनि उनि पुन युएई आउन नसक्ने भएपछि युएईमै साथीको कोठामा बसेर उपचार गरेर फर्किन । त्यसो त घरको भिसामा नेपाल बिदामा गएकी गुल्मीकी र्सिजना ज्ञवालीले दलालाई एक लाख घुस खुवाएर भारतको बाटो हुदै युएई आइन । उनि भन्छिन् ‘काममा सन्तुष्ट छु सिधा आउन सरकारले दिदैन त्यसैले दलाल लगाउन बाध्य भएँ’

रोजारीको सिलसिलामा श्रीमानको मलेसियमा मुत्यु भएपछि दुई छोरीको लालनपालनका लागी युएई आएकी स्याङ्खजाकी छबि गैरे रोजगार बिहिन छन् । लामो समयसम्म घर परिवार सगँ भेटघाट हुन नपाएपछि उनी नेपाल गइन । काममा सन्तुष्टि रहेकी छबि पुन युएई र्फकिन पाइन् उनि भन्छिन् ‘कि रोजगार देउ सरकार कि बालबच्चा पढाउने आधार देउ होइन भने हामिलाई श्रम बेचेर घर परिवार चलाउन देउ ।’

युएईमा हुने उच्च स्तरीय भ्रमणमा हरेक पटक उठ्ने यो बिषय नेपालबाट कुनै पनि पार्टीका केन्द्रिय स्तरको नेता आउदा समेत आफ्नो गुनासो पोख्छन् । त्यति मात्रै होइन नेपालबाट आउने प्राय पत्रकारहरुलाई समेत गुनासो पोख्न पुग्ने ति पिडितहरुको गुनासोहरु नेपाल सरकारसम्म पुग्न सकेको छैन वा सरकारले सुनवाई गर्न चाहेको छैन । समचारका ठुला ठुला हेडलाइन बनेका यी बिष्यबस्तु ले अहिलेसम्म सरकारको ध्यान तान्न सकेको छैन ।

युएईमा रहेका बिभिन्न सँघ सस्था प्रमुखहरुले समेत पुराना कामदारहरुलाई पुन श्रमस्वीकृति दिन आग्रह गरेता पनि सुनुवाइ कतै बाट भएको छैन । बन्द समस्याको समाधान होइन यसको बैकल्पिक बाटो खोज्नुपर्ने आवज उठे पनि ति आवाज सम्बन्धित निकायले सुनेको छैन ।

(Visited 243 times, 1 visits today)
Loading comments...