सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

कंगना भन्छिन् : म प्रधानमन्त्री भएँ भने करिना गृहमन्त्री

एजेन्सी
1 month ago
19/07/2019

मुम्बई । बलिउड नायिका कंगना रनौत अहिले प्रर्दशोन्मुख फिल्म ‘जजमेन्टल है क्या’ को प्रमोशनमा व्यस्त छिन् । फिल्मको प्रमोशनका लागि उनी कपिल शर्माको घर अर्थात कपिल शर्मा शो मा पुगिन् । कार्यक्रममा उनले सहकर्मी कलाकार करिना कपुरको काफी प्रसंसा गरिन् ।

उनलाई प्रश्न गरिएको थियो । यदि एकदिन तपाई प्रधानमन्त्री बन्नु भयो भने गृहमन्त्री कसलाई बनाउनु हुन्छ ? जवाफमा कंगनाले भनिन् ‘करिना कपुर ।’ उनले करिनालाई बनाउनु पर्ने कारण पेश गर्दै भनिन् ‘करिनाले यति राम्रोसंग आफ्नो घर, बच्चा र परिवार सम्हालेकी छिन् । साथै करिअरलाई पनि उत्तिकै शसक्त बनाएकी छिन् ।’ कंगनाको भनाई मान्ने हो भने बलिउडमा करिना जत्तिको पर्फेक्ट व्यक्ति अर्को छैन घर सम्हाल्नका लागि ।

(Visited 365 times, 1 visits today)
Loading comments...