सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

बाख्रा चराउन जाँदा खाल्डोले लियो दुई बालिकाको ज्यान

राजधानी संवाददाता
1 month ago
20/07/2019

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा उतर पूर्वतर्फ रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा उनीहरुको मृत्यु भएको हो । बाख्रा चराउन जाँदा गर्मी भएपछि उनीहरु खाडलमा नुहाउन पसेका थिए ।

(Visited 34 times, 1 visits today)
Loading comments...