बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

सिंगो गाउ नै राहतको भरमा

रमेश तिमलसिना
1 month ago
20/07/2019

रौतहट । रौतहटको परोहा नगरपालिका वाड नं. ६ बसन्तपटी सिंगो गाउका बासिन्दाहरु राहतको भरमा जिबिकोपार्जन गर्न बाध्य छन । गत असार २७ र २८ गते आएको बर्षाबाट आएको बाढीले डुबानमा परेको उक्त गाउका बासिन्दाहरुको अन्नबाली देखी सम्पुर्ण समानहरु डुबानमा परेपछि त्यस गाउका बासिन्दाहरु राहतको आसमा जिबिकोर्पाजन गर्न बाध्य भएका हुन ।

गाउ नजिकै रहेको लालबकैया नदीको बाध फुटेर गाउ पसेपछि स्थानियको घरहरु डुबानमा परेको स्थानिय राम किशोर साहले जानकारी दिए । सो गाउका करिब २ सय ५० घरधुरीका बासिन्दाहरु बाढीबाट प्रभाबित छन । बाढी रोकिएपछि त्यस गाउका बासिन्दाहरु राहतको भरमा बिहान बेलुकाको छाक टादै आएका छन । सोही गाउलाइ मध्यनजर गदै काठमाण्डौ स्थीत रहेको छाया नेपाल र फ्रेन्ड फर नेपाल नामक गैर सरकारी संस्थाले राहत सहयोग गरेका छन ।

ति संस्थाले ल्याएको राहत बितरण गदै सोही नगरपालिकाका नगर प्रमुख शेख वकिलले बाढी प्रभाबित क्षेत्रमा दिगो राहतको आवश्यकता रहेको बताएका छन । डुबान क्षेत्रका बासिन्दाहरुको लागी पुन पुरानो अबस्थामा आउनको लागी तत्कालीन राहत आउने क्रम जारी रहेको उनले जानकारी दिए । राहत पिडित परिवारलाइ मात्रै उपलब्ध गराउन सहयोगी संस्थालाइ नगर प्रमुख वकिलले आग्रह गरेका छन । शुक्रबार छाया नेपाल र फ्रेन्ड फर नेपालको सहयोगमा बिभिन्न किसिमका खाद्यन्न तथा झुलहरु बितरण गरिएको हो । एक परिवारको लागी १ थान त्रिपाल,३० किलो चामल,५ किलो चिउरा,१ थान झुल लगायतको समाग्रीहरु बितरण गरेको सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबनाथ यादबले जानकारी दिएका छन ।

पिडित परिवार कोही पनि नछुटुन र नदोहोरिउन भन्ने लक्ष्यका साथ नगरपालिकाले ब्यबस्थीत रुपमा राहत बाढन थालेको यादबले बताए । बाढी पिडितहरुको समस्या देखेर यहा सम्म राहत समानहरु लिएर आएको छाया नेपालका कार्यक्रम अधिकृत निशान्त गौतमले जानकारी दिएका छन ।
बाढी पिडितहरुको राहतको लागी आफनो संस्थाले करिब ११ लाख रुपैया बजेट बिनियोजन गरेको र सोही अनुसारको बिभिन्न स्थानमा राहत बितरण गर्ने कार्यक्रम अधिकृत गौतमले जानकारी दिएका छन ।

यसरी बाढी पिडित परिवारलाइ राहत बितरण गर्न पाउदा आफु हर्षित भएका अर्को सहयोगी संस्था फ्रेन्ड फर नेपालका प्रोजेक्ट म्यानेजर रेबन्त भण्डारीले बताएका छन । परोहा नगरपालिका बाढी पिडितहरुको अबस्था हेरेर राहत बाडेको स्थानिय सहयोगी संस्था एन डि डब्लु ए नेपालका अध्यक्ष राजेश साहले जानकारी दिएका छन । सके सम्म पिडित परिवारलाइ नछुटाइकन राहत बितरण गर्ने अभियानमा लागेको उनले बताए । परोहा नगरपालिकाले दिएको जानकारी अनुसार सो नगर क्षेत्रमा १ हजार ५ सय परिवार पिडित रहेका छन ।

यसैबिच रौतहटमा राहत बितरण गर्नेहरुको लार्को चलेको छ । रौतहट जिल्लाको बिभिन्न डुबान क्षेत्रमा राहत बितरण गर्ने काम चलिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत छोटेलाल दासले जानकारी दिए । केही दिन अगाडी मात्रै प्रदेश सरकार मार्फत आएको १० लाख मृुल्य बराबरको राहत बितरण गरेको उनले जानकारी दिए ।

(Visited 94 times, 1 visits today)
Loading comments...