बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

दिल्लीका पूर्वमुख्य मन्त्री शिलाको निधन

एजेन्सी
1 month ago
21/07/2019

नयाँ दिल्ली। दिल्लीमा तीनपटककी मुख्यमन्त्री भइसकेकी शिला दीक्षितको निधन भएको छ । उनी ८१ वर्षकी थिइन् । उनको निधन भारतको राजधानी दिल्लीको फोर्टिस एस्काटर््स अस्पतालमा भएको बताइएको छ । उनी केही समयदेखि मुटुसम्बन्धी रोगका कारण बिरामी परेकी थिइन् । शिला दीक्षित १९९८ देखि २०१३ सम्म लगातार १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।

सन् २०१४ मा उनलाई केरलको राज्यपाल बनाइएको थियो । तर, सन् २०१४ को अगस्टमा उनले सो पदबाट राजीनामा

दिएकी थिइन् । सन् २०१९ मा भएको आमचुनावको समय शिला दिल्लीको प्रदेश अध्यक्ष रहेकी थिइन् ।

उनले उत्तर पूर्व दिल्लीको लोकसभाको चुनावमा प्रतिस्पर्धा गरेकी थिइन् तर मनोज तिवारीसँग पराजित भएकी थिइन् । शनिबार साँझ दिल्लीको निजामुद्दिनस्थित उनकै घरमा उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनको अन्तिम दास संस्कार आइतबार हुने बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको पूर्वमुख्य मन्त्री शिलाको निधनमा शोक व्यक्त गर्दै ट्वीट गरेका छन् , ‘शिला दीक्षितको निधनको खबरले निकै दुःखी बनाएको छ ।’

त्यस्तै, राहुल गान्धीले उनको निधनमा समवेदना व्यक्त गर्दै उनीसँग आफूले निकै निकट रहेर काम गरेको बताएका छन् । पूर्वविदेश मन्त्री सुष्मा स्वराजले ट्वीट गर्दै भनेकी छन्, ‘राजनीतिमा हामी पक्ष–विपक्षका रूपमा रहेपछि निजी जिन्दगीमा हामी साथी थियौं । उनी निकै असल मानिस थिइन् ।’

 

(Visited 22 times, 1 visits today)
Loading comments...