सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

मन्डेकाजी सम्मानित

राजधानी समाचारदाता
4 weeks ago
21/07/2019

 

काठमाडौं।   एक साताअघि थाइल्यान्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका रजत विजेता करातेका राष्ट्रिय खेलाडी मन्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् ।

मन्डेकाजीलाई सामाजिक क्षेत्रमा कार्यरत ‘एट फाउन्डेसन’ नामक संस्थाले शनिबार ५ हजार नगद र प्रशंसापत्रले सम्मान गरेको हो । मन्डेकाजीलाई फाउन्डेसनका उपाध्यक्ष बालसुन्दर श्रेष्ठले सम्मान गरेका थिए । मन्डेकाजीले पुरुष एकल कातामा रजत जितेका थिए । च्याम्पियनसिपको प्लेयर अफ दि टुर्नामेन्टसमेत चुनिएका उनले ३ सय अमेरिकी डलर पाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालले १ रजत र २ कांस्य जितेको थियो । एक कांस्य महिला टिम काताले तथा अर्काे कांस्य दिवस श्रेष्ठले जितेका थिए । कार्यक्रममा फाउन्डेसनका सचिव उज्ज्वल श्रेष्ठ, सदस्यहरू प्रवीन श्रेष्ठ, अमर श्रेष्ठ, अमिन श्रेष्ठ, सुन्दर श्रेष्ठ, योगेश श्रेष्ठलगायतका पदाधिकारीको उपस्थिति थियो ।

(Visited 11 times, 1 visits today)
Loading comments...