सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

सेयर टिप्स

राजधानी समाचारदाता
4 weeks ago
21/07/2019

सेयर बजार परिसूचक के हो ?

सूचीकृत धितोपत्रको कुल बजार मूल्य र कुनै आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात नै बजार परिसूचक हो ।
सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्छ भने घटेमा घट्छ ।
नेपालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रत्येक दिन यस प्रकारको परिसूचक तयार गर्दछ, जसलाई नेप्से इन्डेक्स भनिन्छ ।
सेयर बजारमा नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक, फ्लोट परिसूचक र सेन्सेटिभ फ्लोट परिसूचक छन् ।

उपपरिसूचक कुनकुन हुन् ?
वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, बिमा कम्पनी, र्निजीवन बिमा कम्पनी, लघुवित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल, अन्य व्यापार र म्युचुयल फन्ड सेयर बजारका उपपरिसूचक हुन् ।

(Visited 15 times, 1 visits today)
Loading comments...