सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

संसदीय टोलीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

सुजीतकुमार झा
4 weeks ago
21/07/2019

जनकपुरधाम । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिले प्रदेश २ मा बाढी प्रभावित क्षेत्रको शनिबारबाट स्थलगत निरीक्षण सुरु गरेको छ ।
निरीक्षणमा आएका राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बाढीपीडितको पुनस्र्थापनाका लागि सरकारले तत्कालै निर्णय लिनु आवश्यक रहेको बताए । बाढीले बगाएका घरहरूको अविलम्ब निर्माण आवश्यक रहेको पनि उनले बताए । महतोले सरकारले बाढीपीडितहरूलाई अझै सक्दो राहत उपलब्ध गराउन नसकेको आरोप पनि लगाए ।
सो अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले धनुषामा– ११ हजार नागरिक बाढीबाट प्रभावित भएको र राहत अपुग भएको टोलीलाई जानकारी गराउनुभयो । उहाँले कमला नदीको पश्चिमी तटबन्ध झण्डै ३५० मिटर भत्काएकाले बाढीलाई थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

“तत्काल रु पाँच करोड ५० लाख आवश्यक छ”, प्रजिअ कँडेलले भन्नुभयो । प्रदेश सरकारले उपलब्ध गराएको रु १० लाख अपुग भएको र उद्धार सामग्री आवश्यक रहेको उहाँको भनाइ थियो । “पीडित चिउरा र भुजाको भरमा बाँचिरहेका छन्”, कँडेलले भन्नुभयो ।
गठित उपसमितिको टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने छ भने अर्को टोलीले सिरहा, सप्तरीलगायत जिल्लाको निरीक्षण गर्ने छ । उक्त टोलीमा रामसहायप्रसाद यादव, देवेन्द्रराज कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्रप्रसाद बडू, डा डिला सङ्ग्रौला, छक्कबहादुर लामा, वृजेशकुमार गुप्तालगायत रहेका छन् । उपसमितिले प्रदेश २ को आठवटै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...