सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

बेनिशालाई तर्सायो भूतले

राजधानी समाचारदाता
4 weeks ago

काठमाडौं। शुक्रबारबाट सिनेमा हलमा रिलिज भएको फिल्म ‘घर’बाट अभिनेत्री बेनिशा हमालले भूत बनेर दर्शकलाई तर्साउँदै आएकी छिन् । तर, अभिनेत्रीलाई कलाकारले शनिबार काठमाडौंको कालिमाटी स्थित ‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूत बनेर तर्साए ।

अतिथि बनेर स्टुडियोका प्रथम वार्षिक उत्सवमा पुगेकी बेनिशालाई मञ्चमा बस्नासाथ घुम्टो ओढेर नाच्दै आएकी मोडल सरिता भारतीले जब बेनिशाको सामु घुम्टो खोलिन् । उनको भूतको रुपदेखी बेनिशा चिच्याउँदै अन्यलाई अंकमाल गर्न पुगिन,‘मैले सोचेकी थिइन् यसरी भूत नाँच्न आउँछ भनेर । घरको प्रोमोसनका लागि यस्तो गरिदिनु भएकोमा आभारी छु ।’ बेनिशाले कार्यक्रममा भनिन् । चेली मेकअप स्टुडियोकी सञ्चालक तथा मेकअप आर्टिस्टबिना रानामगरले दुई घन्टाको मेकअपपछि भूत बनाएर स्वागतको क्रममा बेनिशालाई तसाइन् । मेकअप स्टुडियोबाट केही फरक गरौँ भनेर पनि आफूले यो तरिका अपनाएको बिनाले बताइन् ।

बेनिशाले आउँदा दिनमा आफूले पनि चेली मेकपअ स्टुडियोबाट सेवा लिने बताइन् । चेलीमा गुणस्तरीय सेवा र राम्रो प्रशिक्षण हुने भन्ने जानकारी पाउँदा खुसी लागेको पनि बेनिशाको कथन थियो । स्टुडियोमा मेकअप प्रशिक्षण लिएका ३५ जना विद्यार्थीलाई अभिनेत्री बेनिशाको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, वादी हर्बलका अध्यक्ष मुकुन्द फुयाँल र नेचर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले पनि चेली मेकअप स्टुडियोले एक वर्षमै राम्रो सेवा दिएर आफूलाई मेकअपमा स्थापित गर्न सकेको बताए ।

 

(Visited 37 times, 1 visits today)
Loading comments...