सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

नसोधी सह–इञ्चार्ज बनाएको भन्दै मन्त्री अरुण नेपालद्धारा पद अस्वीकार

सरिता दाहाल
4 weeks ago
22/07/2019

चुरे, मकवानपुर । नेकपा सिन्धुपाल्चोक जिल्लाको सह–इन्चार्जको जिम्मेवारी पाएका प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले पद अस्वीरका गरेका छन् ।

उनले पद अस्वीकार गरेको पत्र दुईदिन भित्रमा नेकपाको केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराउने तयारी रहेको बुझिएको छ । बषौदेखि माथील्ला पदमा बसेर काम गरेको र अहिले आफुलाई नसोधीकन जिल्ला पार्टीको सह–इञ्चार्ज बनाइएको भन्दे उनले पद अस्वीकार गरेको पत्र पार्टीमा दर्ता गराउने तयारी गरेका हुन् ।

‘जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएका अन्य साथिहरुलाई सोधेर मात्र पद दिएको छ, तर मलाई जानकारी नै भएन’ मन्त्री नेपालले भने ‘सबै साथीहरुलाई इन्चार्ज र सहइन्चार्ज पदमा बस्नेकी नबस्ने भनेर सोधिएको रैछ । तर, मलाई सोध्दै नसोधीकन सह भइन्चार्ज बनाइएछ । त्यसैले पद अस्वीकार गरेको हुँ ।’ आफु सह–इन्चार्ज पदमा नवस्ने बारेको जानकारी पार्टीका महासचिव बिष्णु पौडेललाई जानकारी गराइसकेको मन्त्री नेपालले बताए ।

‘जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएका अन्य साथिहरुलाई सोधेर मात्र पद दिएको छ, तर मलाई जानकारी नै भएन’

पार्टीले नीतिको पालना नगरी जिल्ला इन्चार्ज, सह–इन्चार्ज तोकेको आरोप लगाउँदै विगतमा जिल्लाको इन्चार्ज नै नरहेको व्यक्तिलाई सह–इन्चार्ज बनाइएकामो मन्त्री नेपालको असन्तुष्टि रहेको हो । नेपालले सिन्धुपाल्चाकको सह–इन्चार्ज तोक्दा पार्टीले एकता पूर्व गरिएको दुवै पार्टीका इन्चार्जबाट नै जिल्ला इन्चार्ज बनाउने सहमति तोडेको उनको आरोप छ ।

एकता पूर्व दुवै पार्टीका इन्चार्जबाट नै नेकपाको जिल्ला इन्चार्ज बनाउने नीतिगत सहमति बनेको विषय सार्वजनिक भइसकेको छ । तर, सिन्धुपाल्चोकको सह–इन्चार्ज तोक्दा यो नीतिलाई मानेको नदेखिएको नेपालले सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन् । नेपाल नेकपा एमालेको नवौँ महाधिवेशन भन्दा पहिले पोलिटब्युरोको वैकल्पिक सदस्य, वागमती अञ्चल कमिटीको सह–इन्चार्ज र सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज थिए ।

पाच वर्षदेखि जिल्लाको इन्चार्ज नै नरहेको ब्यक्तिलाई कसरी सह–इन्चार्ज बनाउने निर्णय भएको हो मैले बुझ्न सकेको छैन’ उनले भने ‘भुलवश यस्तो भएको पनि हुनसक्छ । म सधैँ नीति र विधिमा चल्नु पर्छ भन्ने मान्छे हुं । यदि भुलवश वा समयमा सही सूचना प्राप्त नभएर यसो भएको हो भने निश्चय नै सच्याइने छ ।’नेता नेपालले जिल्ला सह–इन्चार्जबाट आफ्नो नाम पार्टीले हटाउने उनले बताए । उनले भने ‘मेरो नाम हटाइने विश्वास लिएको छु । तर, निर्णय नै यस्तो भएको हो भने म बिनम्रतासाथ यो जिम्मेवारी अस्वीकार गर्दछु ।’

नेकपाले सिन्धुपाल्चोकमा तीनजना सह–इन्चार्ज तोकेको थियो । अरूण नेपालले सह–इन्चार्ज अस्वीकार गरेसँगै सिन्धुपाल्चकको नेकपा नेतृत्वमा एकै परिवारका तीन नेता रहने भएका छन् । जिल्ला इन्चार्जमा नेकपा नेता अग्नि सापकोटाका भाइ कृष्ण सापकोटा छन् । उता सह–इन्चार्जमा अग्निकै भतिजा माधव सापकोटा तोकिएका छन् । अर्का सह–इन्चार्ज युवराज दुलाल अग्नि सापकोटाकै भाञ्जा हुन् ।

नेकपाले विभिन्न जिल्लामा नेतृत्वको लागि नाम फाइनल गरेसंगै एउटै परिवारभित्र मात्रै जिम्मेवारी दिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी आइरहेको बेला मन्त्री नेपालले भने आफूलाई दिएको पदपनि अस्वीकार गरेपछि उनी चर्चामा रहेका छन् ।

(Visited 191 times, 1 visits today)
Loading comments...