बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

विश्वसम्पदा सूचीमा अटाउला जनकपुर ?

केशवप्रसाद पाण्डे
1 month ago
23/07/2019

काठमाडौं ।  रामायणकालीन धार्मिक तथा सांस्कृतिक महŒव बोकेको जनकपुरधाम विश्वसम्पदाको सूचीमा सूचीकृत हुने विषयले चर्चा पाएको छ । चर्चासँगै सूचीमा पर्ला या नपार्ला भन्ने विषय राष्ट्रिय महŒवको मुद्दा बनेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका अन्य सम्पदाहरू सूचीबाटै हट्ने सम्मको चर्चा चलिरहेको सन्दर्भमा जनकपुरलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रयासले भने निरन्तरता पाएको छ ।
यसका लागि विश्वसम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ । यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्त रूपमा विद्यमान रहेकाले सांस्कृतिक विश्वसम्पदामा सूचीकृत गराउन प्रक्रियागत रूपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो । राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकामध्ये जनकपुर पनि एक हो । राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महŒव भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणाअनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको हो । पुरातŒव विभागका अनुसार हालसम्म विश्वका १६३ देशका एक हजार ३१ स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छन् । तीमध्ये नेपालका चारवटा रहेका छन् । युनेस्कोले सन १९७९ मा दुई सांस्कृतिक (काठमाडौं उपत्यकाका सात र लुम्बिनी) र दुई प्राकृतिक सम्पदा (सन् १९७९ मा सगरमाथा राष्ट्रिय निकुञ्ज र सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्ज)लाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ ।

पुरातŒव विभागले संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय र विभागले जनकपुरलाई विश्वसम्पदामा सूचीकृत गराउनका लागि दुई वर्षदेखि आन्तरिक तयारी गरिरहेकोे जनाइएको छ । विभागका अनुसार सूचीमा समावेश हुने नहुने तथा कति समय लाग्ने भन्ने यकिन भने भई सकेको छैन । विभागका विश्वसम्पदा शाखाका प्रमुख सुरेशशरण श्रेष्ठका अनुसार पुरातŒव विभागले जनकपुरलाई विश्व सम्पदामा सूचीकृत गराउन झन्डै दुई वर्षदेखि प्रयास गरिरहेको छ । यसका लागि विश्वव्यापी महŒव तथा विश्वसम्पदाको दायरा पूरा गर्नुपर्ने हुन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुन दुई देखि पाँच वर्षसम्म लाग्नसक्ने श्रेष्ठको भनाइ छ ।
विश्वसम्पदामा सूचीकृत हुने सम्भावना उच्च रहे पनि जनकपुरधाममा लामो समयदेखि पोखरी तथा मठ मन्दिर र बगैंचाहरू नासिँदा यसमा चुनौती थपिएको छ । संरक्षणको जिम्मा पाएका महन्थ, मठाधीश तथा पुजारीबाट नै संरक्षण हुन नसक्दा तथा जथाभावी मन्दिरका नाममा रहेका सम्पत्ति अवैध रूपमा बिक्री हुँदा यसले चुनौती बढेको छ । यसका लागि विभिन्न प्रतिबद्धतासमेत पूरा गर्नुपर्ने हुन्छ । व्यवस्थापकीय योजना तथा कार्यपद्धतिबारे स्पष्ट पार्नुपर्दछ । स्थानीय सरकार तथा समुदायले विश्वसम्पदाको आधारभूत मान्यतालाई पालन गर्ने प्रतिबद्धता गर्नुपर्ने हुन्छ । यो मापदण्ड पूरा गर्नका लागि जनकपुरधाम उपमहानगरपालिकासँग समन्वयमा काम भइरहेको र यसका सम्पदाहरूका सम्बन्धमा लगत तयार भइरहेको पुरातŒवले जानकारी दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले नेपालस्थित युनेस्कोका प्रतिनिधिले स्थलगत अध्ययन गरेको र विभागसँग समन्वय भइरहेको बताएको छ । नगरपलिकाका प्रमुख लालकिशोर यादव यसअघि खासै चर्चा नरहेपनि अब भने तीव्र रूपमा प्रक्रिया अगााडि बढेको बताँउछन् ।

–अतिक्रमण र मौलिकता संरक्षण चुनौती

नेपाल मैथिल सभ्यताको अतुलनीय विशिष्ट प्रमाण बोकेको र मानव इतिहासमा महŒवपूर्ण अवस्था दर्साउने सम्पदा जनकपुर क्षेत्रमा विद्यमान रहेको छ । वैदिक वाङ्मय पुराण तथा धार्मिक साहित्यमा जनकपुरको अस्तिŒव अनादिकालदेखि नै रहेको उल्लेख छ । त्रेतायुगमा उत्कर्षमा रहेको मिथिला द्वापरयुगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा सोह्रौं शताब्दीपछि पुनः प्रकट भएको भनिन्छ । जनकपुर क्षेत्रका मठमन्दिर र तिनमा सुरक्षित मूर्ति, गढगढीहरू इतिहासका अनेक उत्थान–पतनका तथ्य अहिले पनि गर्भमै रहेको छ । पुराण कथा, सनातन मूल्य, सभ्यताको प्राचीनता र चरमोत्कर्ष जनककालीन जनकपुरको कथाको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय, सेन र पालकालीन अवस्था, मठमन्दिर, मूर्ति र गढगढीको गर्भमा लुकेको बताइन्छ ।
यहाँ पाषाणका मूर्तिमा केही पालकालीनका छन् भने केही मध्यकालीन समयका छन् । केही भने अयोध्यामा रहेका मूर्तिजस्ता देखिन्छन् । पुराताŒिवक अंश भएका केही मन्दिरहरू राम, लक्ष्मण, जनक, कुपेश्वरनाथ, जानकी, हनुमानगढी, कपिलेश्वर र रत्नसागर उल्लेखनीय रहेको छ । जनकपुरका ऋषिमुनि दूरदर्शी थिए, उनीहरूले इतिहास लेख्नका लागि यस्तो क्यानभासको परिकल्पना गरी त्यसलाई मूर्तरूप दिए जो नष्ट भएर पनि नष्ट हुने खालको थिएन, त्यो क्यानभास थियो–पत्थर । हरेक युगमा यहाँ पत्थरका मूर्ति उत्कृष्ट हुँदै आएको छ ।

यस क्षेत्रमा पाइने मूर्त र अमूर्त पुराताŒिवक सम्पदा सामान्यतः मौर्य, शुँग, कुषाण, गुप्त, पाल, सेन राज्यवंश र पछि मकवानपुरका सेन राजाको समयलाई बोध गराइरहेको छ भने विभिन्न गढीले मानव सभ्यताको विकास क्रमलाई गरी रहेको छ । जनकपुर क्षेत्रका मठमन्दिर शिखर शैलीका छन् भने केही गुम्बाकार वास्तु शैली, पैगोडा शैली र मैथिल वास्तु शैलीका छन् । जानकी मन्दिर मैथिल, राजपूत र इस्लामी वास्तु शैली, राममन्दिर र विवाह मण्डप नेपाली वास्तु शैली र जनक, लक्ष्मण मन्दिर गुम्बाकार वास्तु शैलीमा तथा कुपेश्वरनाथको मन्दिर मैथिल वास्तु शैलीमा बनेको पाइन्छ ।
के हो खतराको सूची ?
विश्वसम्पदा शाखा प्रमुख श्रेष्ठका खतराको सूचीमा पर्नुलाई तत्काल हटिहाल्ने भन्ने होइन । विभिन्न मानवीय तथा प्राकृतिक कारणबाट सम्पदामा नकारात्मक असर पर्ने देखेमा यसलाई जोगाउनका लागि अन्तर्राष्ट्रिय सहयोग गर्ने गरिन्छ । यसैलाई खतराको सूचीको युनेस्कोले सूचीकृत गर्ने गर्दछ । अन्तर्राष्ट्रिय प्रयाबाट समेत जोगाउनै असम्भव अवस्थामा मात्र सूचीबाट हट्ने सम्भावना रहन्छ । विश्वसम्पदामा सूचीकृत हुँदाको अवस्थामा सम्पदाले अन्तर्राष्ट्रिय चर्चा र महŒव पाउनुका साथै पर्यटकीय दृष्टिकोणले समेत महŒव राख्ने गर्दछ ।

सम्बन्धित देशले सम्पदा संरक्षण तथा पुनर्निमाणमा गर्न नसकेमा युनेस्कोले यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग आह्वान गरी सम्पदा संरक्षणमा पहल गर्ने गर्दछ । पछिल्लो समय समेत पुनर्निर्माणका काम सम्पन्न हुन नसकेको भन्दै छलफल गरेको थियो । नेपालले पुनर्निर्माणको प्रतिबद्धता गरेसँगै खतराको सूचीमा राख्ने विषय रोकिएको विभागले बताएको छ ।
जनकपुरका स्थानीय तथा धनुषा गुठी सञ्चालन समितिका पूर्वअध्यक्ष र गुठी संस्थानका पूर्वबोर्ड सदस्य मनोजकुमार शाह (क्रान्तिकारी) राष्ट्रको स्वाभिमानसँग जोडिएको यो विषय असफल भए राष्ट्रकै लागि दुर्भाग्य हुने बताउँछन् । सरकारले जनकपुरलाई अतिक्रमणबाट हटाएर संलग्नलाई कारबाही नगरे यो गौरवको अवसर गुम्नेमा चिन्ता व्यक्त गर्छन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...