आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

७० वर्षपछि चन्द्रमा पृथ्वी नजिक

3 years ago
14/11/2016

supermoon_img_9823

सोमबार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदा निकै चम्किलो र ठूलो देखिएको छ । अन्य दिनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको हो । यसलाई ‘सुपर मुन’ भनिन्छ । झन्डै ७० वर्षपछि पृथ्वीबाट चन्द्रमा यति ठूलो र चम्किलो देखिएको हो ।

सोमबार साँझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको थियो । चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो ।
यो दुर्लभ खगोलीय घटनालाई नेपालसहित विश्वभरबाट चासोका साथ हेरिएको छ ।

नासाका अनुसार चन्द्रमाले पृथ्वीलाई घुम्ने कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुने गर्छ ।

(Visited 20 times, 1 visits today)
Loading comments...