बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना

राजधानी समाचारदाता
2 months ago
25/07/2019

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथा शुभकामना सन्देश पठाएका छन् ।

आफ्ना वेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गरेका छन् । ‘नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्टकका वेलायत नै हो’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।’

प्रधानमन्त्री ओलीले सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायत यात्राको प्रसंग उल्लेख गर्दै भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममादुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदान प्रदानका विषयमा जोड दिइएको थियो ।’

‘वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायत जस्तो हाम्रो महत्वपूर्ण मित्र राष्टबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं ।’

प्रधानमन्त्री ओलीले उनको सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भनेका छन् ‘म आउने दिनमा दुई देशको सम्बन्ध अभ mमजवूत बनाउन तपाईसँग निकटता पूर्वक काम गर्ने आशा गर्दछु ।’

(Visited 78 times, 1 visits today)
Loading comments...