बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

नेपाल-भारत सम्बन्धले बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्छ : प्रधानमन्त्री

राजधानी समाचारदाता
2 months ago
28/07/2019

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहनलगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् ।

आइतबार नेपाल उधोग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा भएको प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भनेका छन्, ‘हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्त गरेका छन् ।’ प्रधानमन्त्री ओलीले भने, ‘व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको उल्लेख गरेका छन् । ‘हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल भारत निकट छिमेकीहरु मात्र नभएर अभिन्न मित्रहरु समेत भएको धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुन अत्यावश्यक छ । यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसीविश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ ।’

(Visited 53 times, 1 visits today)
Loading comments...