सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

कहरमा ठूलो नहर

तुलसी भण्डारी
1 week ago
10/08/2019

 

तुलसी भण्डारी

देशकै सबैभन्दा लामो सिँचाइ नहर गण्डक । ४४ वर्षे इतिहास बोकेको यो नहर नीतिगत निर्णयसहित संरक्षणको पर्खाइमा छ ।
नहर क्षेत्रमा रहेको वीरगन्ज भन्सारबाट हरेक दिन अन्न आयात बढिरहँदा पर्सा, बारा र रौतहट दक्षिणतर्फको ४७ हजार ५ सय हेक्टर जमिन सिञ्चित गर्ने नहरको कहर कसैले बुझ्ने चेष्टासम्म गरेका छैनन् । नहर पूर्ण रूपमा सञ्चालनमा आए पर्सा र बाराबाट उत्पादित अन्नले थप पा“च जिल्लालाई पुग्ने नारायणी सिँचाइ व्यवस्थापन कार्यालयको ठहर छ ।
यद्यपि, नहरको क्षमताअनुसारको पानीको भार वहन गर्न सक्ने अवस्थामा नरहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्सा प्रमुख राजेन्द्रप्रसाद साह बताउ“छन् । मुलुककै लामो अर्थात् ८१ किलोमिटर लम्बाइको सिँचाइ नहर थला पर्न मात्र बाँकी छ । पूर्ण रूपमा सञ्चालनमा आउँदा यो नहरले ८५० क्युसेक पानीको बहाव थेग्न सक्नेछ । अहिले भने टालटुले पारामा काम चलाइ“दै छ ।

एकातर्फ भारतले समयमै पानी छोड्दैन भने अर्कोतर्फ नहरको अवस्था रुग्ण छ । चार दशक पार गरेको नहरमा गत वर्ष मात्र सबैभन्दा बढी भारतबाट ८२९ क्युसेक पानी आएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका सूचना अधिकारी इन्जिनियर सुरेशप्रसाद साह सुनाउ“छन् । स्वदेशमै उत्पादन बढाई अन्न आयात प्रतिस्थापन गर्ने हो भने सिँचाइको आधार मानिएको नहर संरक्षण गर्नु अपरिहार्य छ । कृषिप्रधान देशको ८५० क्युसेक पानी बहने क्षमताको गण्डक नहरबाहेक मुलुकमा अझै अरू ठूला नहर प्रणाली विस्तार भइनसकेको अवस्थामा यसको संरक्षणतर्फ कुनै सरकारले पनि ध्यान नदिनु दुःखद् भएको कृषकको भनाइ छ ।

नहरको मूल बिन्दु भारत विहार राज्यको वाल्मीकि नगरमा रहेको गण्डक नारायणी नदीमा वैरेज निर्माण भई त्यही“बाट पानी खटनपटन हु“दै आएको छ । यो नहरको पूर्वी मूल नहरतर्फ भारतकै (तिरहुत)को दोनशाखामार्फत पश्चिम चम्पारण इनर्वा गाउँ हुँदै पर्सा जानकी टोलाबाट गण्डक नेपाल भित्रिन्छ । यो नहरको मुहान चाबी भने नेपालतर्फ छैन ।
२ हजार ५०० क्युसेक क्षमताको ९२ किमि लामो दोनशाखा नहरको अन्तिम बिन्दुबाट मात्र नेपालका लागि ८५० क्युसेक क्षमता विस्तार भई यो नहर प्रणाली नेपालमा विकास गरिएको हो ।
भारतले सम्झौताअनुसारको पानी भने नहरमा आजसम्म निदिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । सम्झौताअनुसारको पानी नहरमा नछोड्दा नेपालतर्फ बारा र रौतहट दक्षिणतर्फका पा“च वटा ब्लकमा आजसम्म एकपटक पनि पानी नपुगेको किसानको भनाइ छ ।

 

बेवास्ता

बारा–रौतहट दक्षिणतर्फ गण्डक नहरको पानी नपुग्दा लक्षित भूमि ९ हजार ५०० हेक्टर बाह्रै महिना सिञ्चित हुन नसकेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साले पनि स्विकारेको छ ।
अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको बारा जमुनी सिँचाइ आयोजनाबाट आउने पानीलाई पनि चालू आर्थिक वर्षबाट भने गण्डक नहरमा मिसाई बारा–रौतहट दक्षिणतर्फ ९ हजार ५०० हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका कार्यालय प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिए । गण्डक नहर पुछारका पा“च ब्लकमा आजसम्म पानी पुगेकै थिएन । बारा जमुनी नदीबाट गण्डक नहरमा पानी पु¥याउन थप योजना बनिरहेको छ ।
गण्डकको हालको सिञ्चित कमान्ड क्षेत्र भने ३७ हजार ४०० हेक्टर रहेको कार्यालय इन्जिनियर तथा सूचना अधिकारी सुरशप्रसाद साहले सुनाए । चार दशक पार गरिसकेको नहर दीर्घकालीन सञ्चालनका लागि भने केन्द्र, प्रदेश र स्थानीय सरकारले चासो दिनुपर्ने कृषकको माग छ ।

 

 

नहर क्षेत्रमा रहेको वीरगन्ज भन्सारबाट हरेक दिन अन्न आयात बढिरह“दा पर्सा, बारा र रौतहट दक्षिणतर्फको ४७ हजार ५ सय हेक्टर जमिन सिञ्चित गर्ने नहरको कहर कसैले बुझ्ने चेष्टा गरेका छैनन् । नहर पूर्ण सञ्चालनमा आए पर्सा–बाराबाट उत्पादित अन्नले थप पा“च जिल्ला पुग्छ

 

 

अन्डरग्राउन्ड गण्डक

नहरको दूरी ८१ किलोमिटर लामो रहेकोले बाटोमा पर्ने नदीमा ‘अन्डरग्राउन्ड नहर’ निर्माण गरिएको छ । इन्जिनियरिङ विद्यार्थीका लागि पनि नयाँ सिक्ने प्रशिक्षण केन्द्रजस्तो बनेको छ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले पूर्वी नहर २१ जेठ २०३० मा उद्घाटन गरेका थिए ।
राजतन्त्रकै बेला निर्माण सम्पन्न भई सञ्चालनमा आएको गण्डक नहरमा हरेक वर्ष दुईपटक ‘सिजनल’ पानी दिनुपर्ने नेपाल–भारत सम्झौतामा उल्लेख छ ।
तर, सम्झौताअुनसार धानबालीका लागि हरेक वर्ष २७ वैशाखदेखि ८ कात्तिक र गहुँ बालीको समय १० पुसदेखि ११ चैतसम्म पानी छोडिएको छैन । यो सिजनको धानबालीका लागि पनि गत १४ असारमा मात्रै भारतले गण्डक नहरमा पानी छोडेको थियो । ढिलो गरी पानी छोड्ने र चाँडै बन्द गरिदिनाले सम्झौताअनुसार ८५० क्युसेक पानी एकपटक नछाडिएको सिँचाइ कार्यालयले
जनाएको छ ।

गत वर्ष भने बल्ल ८२९ क्युसेक पानी नेपाल भित्रिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयको तथ्यांकमा उल्लेख छ । गण्डक नहरमा भारतले पानी छोडेलगत्तै आएको बाढीले तराई जलमग्न हुँदा जीर्ण नहरको ब्लक १, २, ५, ७, ८ र ९ को दर्जन बढी ठाउँमा क्षति पुगेको छ ।
क्षति भएका ठाउँमा बोरामा बालुवा भरेर बाँसको भाटाले अड्याउने र अस्थायी रूपमा नहरमा पानी ल्याउनेबाहेक दीर्घकालीन विकल्प नभएको कृषकको भनाइ छ ।
बाढीले सबैभन्दा बढी क्षति नेपालतर्फको प्रवेश बिन्दुमै गर्ने गरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बताउ“छ । यस क्षेत्रमा भारततर्फको इनर्वा बजारछेउबाट ओरिया नदीको पानी नेपालतर्फ छछल्किएर आउने हुँँदा क्षमताले थेग्न नसकी नहर भत्किने गरेको छ । यो समस्याका लागि भारतको काउन्टर पार्टसँग पटक–पटक आग्रह गर्दासमेत उति सुनुवाइ नभएको सूचना अधिकारी साह बताउ“छन् ।

रुग्ण हुने मुख्य कारण

गण्डक नहर रुग्ण हुने कारणमध्ये दुवैतर्फको डिल सुरक्षित गर्न लगाइएको सिसौका रुख चोरी कटानी भई डिल भत्कने क्रम नरोकिनु हो । यसको रेखदेखका लागि ५० वर्षअघि नियुक्त भई अवकाश भएका फिल्डस्तरका कर्मचारी ढल्पा, चौकीदार र गेट अपरेटरलगायतका कमीले पनि नहर संरक्षण गर्न नसकेको नारायणी सिँचाइ कार्यालय वीरगन्जले जनाएको छ ।
यसैगरी, हरेक वर्ष आउने बाढीले नहरमा पु¥याउने क्षतिबाट बचाउन ठोस मर्मत गर्न नसक्दा पनि सामान्य मर्मतकै नहरबाट ८५० क्युसेक पानीको भार थेग्न नसक्ने अवस्था छ । अनुगमन र मर्मतका लागि हल्का सवारी चलाउन मिल्ने गरी नहर डिलमा बनेका सडकमा उद्योग र व्यापारिक प्रतिष्ठानले ठूला सवारी चलाइदि“दा पनि नहर जीर्ण बनेको हो ।
पानीको बहाव बहाउन प्रयोग हुने भूमिगत ट्युबवेल कमजोर हुनु अर्को समस्या हो । नेपालको नदीमा जमुनी सिँचाइ आयोजनाजस्तै सिँक्टालाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ । सिधैं नेपालका नदीको पानी गण्डक नहरमा पु¥याउन सके
भारतसँग ‘सिजनल’ भर पर्नुपर्ने अवस्था अन्त्य हुने सिँचाइ व्यवस्थापन कार्यालयको दाबी छ ।

 

(Visited 19 times, 1 visits today)
Loading comments...