बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

उज्यालोको पक्षमा

2 years ago
16/11/2016

उज्यालोको पक्षमा

ratna-5555

रत्न प्रजापति

पोहोर परार तिहारका बेला दीपावली गर्दैगर्दा बेलाबेलामा झ्याप्पझ्याप्प बत्ती निभेर साह्रै हैरान पाथ्र्यो । यसपालि त्यस्तो भएन । तिहारभरि नै लोडसेडिङ पनि भएन । त्यसपछि पनि भएको छैन । काठमाडौं उपत्यकाका जनताले निकै राहत महसुस गरिरहेका छन् । सर्वसाधारण उपभोक्ता मात्रै होइन, कार्यालय, उद्योग, कलकारखाना लगायतले पनि ठूलै राहत पाइरहेका छन् । सर्वसाधारण जनताले लोडसेडिङको बेलामा जस्तो तिहारमा मैनबत्ती खोजेर बाल्नुपरेन । तिहारजस्तो उज्यालोको पर्वमा लोडसेडिङ नगरेर यसपालि नेपाल विद्युत्् प्राधिकरणले काठमाडौं उपत्यकाका जनतालाई निकै राहत र सुविधा प्रदान ग¥यो । यसका लागि जनताले प्राधिकरण र विशेषगरी विद्युत््वितरणको कुशल व्यवस्थापन गर्न सक्षम प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई मुरीमुरी धन्यवाद पनि दिएका छन् जनताले । उनको व्यवस्थापन कुशलताले निरन्तरता पाइरहोस् भन्ने अपेक्षा जनताले गरेका छन् र त्यो शुभेच्छा पनि उनलाई दिएका छन् ।

तिहारको बीचमा विद्युत्् उत्पादन ह्वात्तै बढेको थिएन र भारतबाट आयात पनि बढेको होइन । तर, प्राधिकरण प्रमुख घिसिङले भइरहेको  विद्युत््लाई उचित व्यवस्थापन र समानुपातिक रूपमा वितरण गरेर उपत्यकालाई लोडसेडिङमुक्तको अवस्थामा पु¥याउन सफल भए । उनको यो प्रयासले आखिर गर्ने इच्छाशक्ति भए गर्न सकिँदो रहेछ भन्ने देखाएको छ । निःस्वार्थ र निष्ठापूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने हो भने सेवाग्राहीले सेवाबाट सुविधा र सन्तुष्टि पाउन सक्छन् भन्ने कुरालाई कुलमान घिसिङले पुष्टि गरिदिएका छन् । यसबाट समस्या पर्दा अत्तालिएर नयाँ र बढी महŒवाकांक्षी योजनाहरू मात्रै अघि सारेर जनतालाई सपना बाँड्ने तर त्यो सपना पूरा गर्नमा अल्छी र आलटाल गर्ने प्रवृत्ति भन्दा आफ्नो दक्षता र क्षमताको उपयोग गरी उपलब्ध स्रोतसाधनको कुशल व्यवस्थापन गर्न सक्नु नै ठूलो कुरो हो भन्ने पनि पुष्टि भएको छ ।
कुलमान घिसिङको प्रयास जनतालाई मन परे पनि जनतामध्येकै कोहीकोहीलाई भने मन परेन । जनताले अँध्यारोबाट मुक्तिका लागि उज्यालोको आशा गरिरहेको बेलामा कुलमानको प्रयासले गर्दा त्यही अँध्यारोमै विभिन्न किसिमको चलखेल गर्दै रमाउने बानी परेकाहरूको निद्रा हरायो । त्यसैले, उनीहरू कुलमानमाथि खनिए । जसरी भ्रष्टाचारीको मनमा भुइँचालो ल्याउन सफल लोकमानविरुद्ध भ्रष्टहरू खनिए र छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भयो, उसैगरी उज्यालो ल्याउन सफल कुलमानमाथि पनि उस्तै भ्रष्टहरू खनिए र संयुक्त विज्ञप्ति जारी भयो । यो सरासर जनअपेक्षा विपरीतको कार्य हो । लोडसेडिङले हायलकायल भएका जनताले मुलुकभित्रै पर्याप्त विद्युत् उत्पादन नभएसम्म भएको विद्युत्लाई व्यवस्थापन गरी वैज्ञानिक र समानुपातिक वितरण गरिदिए केही हदसम्म उपभोक्ताले राहत पाउन सक्ने यथार्थलाई मनन गर्दै असल नियत भएका र निःस्वार्थ भावले काम गर्ने नेतृत्वको अपेक्षा गरिएको अवस्थामा कुलमान घिसिङले त्यो अपेक्षालाई केही हदसम्म पूरा गर्न लागेका थिए । तर, उनीमाथि नै वैरीहरू खनिए । जनहितका लागि प्रयत्न गर्नेहरूलाई यसैगरी निरुत्साहित गर्ने प्रवृत्तिले किन प्रश्रय पाइरहेछ नेपालमा ?

कुलमान घिसिङ कुन राजनीतिक पार्टीका हुन् र उनलाई कसले नियुक्त गरेको हो, त्योसँग जनतालाई सरोकार छैन । तर, उनको कार्यशैली जनतालाई मन परेको छ । उनको कार्य जनमुखी छ । त्यसैले, उनलाई जनताले मन पराएका छन् । उनको कामलाई मन पराएका छन् । तर, उनले एउटा राम्रो कामको सुरुवात मात्रै के गरेथे, धमिलो पानीमा माछा मार्न पल्केका र अँध्यारोमै रमाउने बानी परेकाहरूले कुलमानको लोकप्रियतालाई बढ्न नदिने उद्देश्यले उनीमाथि विभिन्न अत्तो थापेर ध्यानाकर्षणको नाउँमा कार्यालय प्रवेश निषेध गर्ने चेतावनी दिन पुगे । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनको नाउँमा संयुक्त विज्ञप्ति प्रकाशित गरेर उनीहरूले प्राधिकरण प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमै रोक लगाउनेसम्मको चेतावनी दिए । पक्कै पनि यो चेतावनीले घिसिङ आफ्नो कदमबाट पछि हट्नेछन् भन्ने उनीहरूको अपेक्षा हुनुपर्छ ।

प्राधिकरण प्रमुख घिसिºले भइरहेको विद्युत्लाई उचित व्यवस्थापन र समानुपातिक रूपमा वितरण गरेर उपत्यकालाई लोडसेडिºमुक्तको अवस्थामा पु¥याउन सफल भए। उनको यो प्रयासले आखिर गर्ने इच्छाशक्ति भए गर्न सकि“दो रहेछ भन्ने देखाएको छ।

कुलमानलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनीसहितको संयुक्त विज्ञप्ति यस्तो बेलामा आयो, जुन बेलामा उनी उपत्यकालगायत क्रमशः मुलुकलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका छन् । त्यसैले, यो संयुक्त विज्ञप्ति नै गलत समयमा आएको भन्न सकिन्छ र यो विज्ञप्तिको अभीष्ट नै खराब रहेको अनुमान लगाउन सकिन्छ । विज्ञप्तिमा उल्लेख गरिएझैं कर्मचारी संघ र कर्मचारी युनियन साँच्चै नै विधिसम्मत रूपमा क्रियाशील थिए भने तिनले पहिला नै यस्तो विज्ञप्ति जारी गरेर कुलमान घिसिङलाई सचेत गराएको भए त्यसमा जनताको भन्नु केही हुने थिएन । तर, कुलमानले एउटा असल कामको प्रयास गरेकै बखत उनलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएर कर्मचारी संघ र युनियनले कुलमान मात्रै होइन, लोडसेडिङबाट हायलकायल भएका सबै जनतालाई चिढ्याउने काम गरेका छन् । भलै चौतर्फी दबाबपछि उनलाई कार्यालय प्रवेशमा रोक लगाउने विरोधको कार्यक्रम तत्काल स्थगित गरिएको जनाइएको छ ।

हुन त संघ र युनियन माध्यम मात्रै हुन् भन्ने जगजाहेर छ । संघ र युनियनको नाउँमा राजनीति गर्न पल्केका कर्मचारीमार्फत ‘तर’ मार्ने बानी परेका राजनीतिक दल र दलका नेताहरूकै इसारा यो संयुक्त विज्ञप्ति प्रकरणमा छैन भन्न सकिन्न । संघ र युनियनको नाउँमा कामै नगरी तलब खाने र पार्टी र नेताको आदेश र इसारामा चल्ने संघ र युनियनका पदाधिकारीहरूले कर्मचारीहरूको हितभन्दा आफ्नो र पार्टीको हितका लागि काम गर्दै आएको यथार्थलाई सर्वसाधारणले भन्दा तिनै कर्मचारीहरूले नै बढी बुझेका वा अनुभव गरेका होलान् । यो पनि सोचनीय कुरा हो कि ट्रेड युनियनहरूले सरकारी कार्यालयहरूमा गर्दै आएको खुला राजनीतिले सेवाग्राहीको सेवामा गुणस्तरीयताको विकास भएको छ कि हैरानी बढाएको छ ? अनि कर्मचारीहरूको उत्पादकत्वमा वृद्धि भएको छ कि ह्रास भएको छ ?
राजनीतिक पार्टीहरूका भ्रातृ संगठनहरूले चन्दा आतंक मच्चाएर निजी क्षेत्रलाई धुरुक्कै पारेको विगत सबैलाई अवगतै छ । अब कमिसनको खेलमा पनि यी संगठनहरूको संलग्नता छ कि भन्ने आभास कुलमान घिसिङमाथिको खेलबाट पनि हुन थालेको छ । मागभन्दा न्यून उत्पादन, मर्मतसम्भारको अभाव, अत्यधिक चुहावट, अव्यवस्थापन र अनियमित वितरण, नयाँ विद्युत् आयोजनाहरूको निर्माण कार्यमा सुस्तता आदि कारणले सर्वसाधारण जनताले चर्को लोडसेडिङ खेप्नुपरेको दशक नाघिसक्यो । कतै कमिसन खाएर उद्योगहरूलाई निर्वाध विद्युत् आपूर्ति गर्ने, कतै भइरहेको अत्यधिक चुहावट नियन्त्रणमा कुनै पहल नगर्ने, कतै आपूर्ति व्यवस्थापन नै गर्न नसक्ने आदि कारणले लोडसेडिङको समयावधि बढेको र त्यसबाट आमउपभोक्ताले चर्को मार खेप्नुपरेको अवस्थामा कुलमानले अलिकति राहत प्रदान गर्दा पनि जनतामा खुसीको सञ्चार भएको छ र उत्साह छाएको छ । पैसा, पावर र पहुँचका भरमा सीमित व्यक्ति, संस्था, कम्पनी र उद्योगहरूमा निर्बाध विद्युत् आपूर्ति हुँदै आएकोमा अब त्यस्तो अनियमित कार्यमा नियन्त्रण हुनेछ र लोडसेडिङै भएछ भने पनि थोरै समय हुनेछ भन्ने विश्वास पनि जनतामा पलाएको छ । तर, देश र जनतालाई दोहन गर्दै आएका राजनीतिक पार्टी, तिनका नेता, कार्यकर्ता र भ्रातृ संगठनका सदस्यहरूले केही लुच्चा र ठग व्यापारीहरूसँगको साँठगाँठमा लोडसेडिङ कायम राख्न कुलमानलाई निरुत्साहित गर्ने प्रपञ्च गरिएको हो भन्दा अतिशयोक्ति नहोला । जसरी पनि नाफालाई अभीष्ट बनाएका व्यापारीहरूसँगको साँठगाँठमा सरकारी पदमा बसेकाहरूले पनि आर्थिक लाभ हासिल गर्ने प्रवृत्ति नयाँ पक्कै होइन । यतिखेर सीमित व्यक्तिले कुलमान प्रवृत्तिको विरोध गरे पनि लाखौं जनता कुलमानकै पक्षमा छन् । किनभने, कुलमान उज्यालोका पक्षधर हुन् । त्यसैले, जनता पनि उज्यालोकै पक्षमा छन् ।

लोडसेडिङकै सन्दर्भमा भन्नुपर्दा ऊर्जाको विकल्पको रूपमा आमउपभोक्ताले इन्भर्टर, सोलार र ब्याट्री अनि जेनरेटरको प्रयोग गर्दै आएका छन् । हजा™ौंदेखि लाखौं रुपैयाँसम्म पर्ने यस्ता विकल्पहरूको आयात र बिक्री करोडौं र अर्बौं रुपैयाँको परिमाणमा हुने गरेको छ । यसबाट व्यापारीहरूले मनग्गे कमाउने अवसर पाएका छन् भने विभिन्न च्यानलबाट कमिसन खानेहरूले पनि उसैगरी कमाउने अवसर पाएका छन् । कुलमानले गरेको लोडसेडिङमुक्त उपत्यका अथवा लोडसेडिङमुक्त देशको अभियानले तिनै इन्भर्टर, सोलार र ब्याट्री अनि जेनरेटर व्यापारीहरूको व्यापार चौपट हुने भयबाट यो कुलमान प्रकरणको जन्म भएको त होइन ? शंका पक्कै निराधार छैन । घूस, कमिसन र भ्रष्टाचार प्रकरणका विभिन्न मुद्दाहरूले यसलाई पुष्टि गर्दै आएको छ । अहिले दिनमा दुई घण्टा मात्र १४ सय मेगावाटको हाराहारीमा विद्युत्को माग रहेको र बाँकी २२ घन्टासम्म ७ सय मेगावाटकै हाराहारीमा मात्रै विद्युत्को माग हुने गरेको तथ्य सार्वजनिक भएको छ । यसबाट नेपालमा हल्ला गरिएजस्तो विद्युत्को हाहाकार नै चाहिँ नभएको, बरु विद्युत्को व्यवस्थापन पक्ष कमजोर रहेको पनि पुष्टि भएको छ । त्यसैले अब विद्युत् आयोजना सञ्चालन गरी छिट्टै मालामाल हुने सपना देख्ने लगानीकर्ताहरूले पनि आफ्नो लगानी डुब्ने भयो भन्दै पूर्ववत् लोडसेडिङ कायम राख्न दबाब दिन पछि नपर्न सक्छन् । यसरी व्यापारी र लगानीकर्ता दुवै पक्षबाट भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरूसँगको साँठगाँठमा आउने दबाबलाई थेग्न पनि कुलमान तयार हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा कुलमान र उनको समूहको प्रयास नडगमगाइदिए हुन्थ्यो भन्ने जनअपेक्षा छ र नडगमगाउला भन्ने विश्वास पनि छ । किनभने, जनता उज्यालोको पक्षमा छन् र कुलमान र उनको समूहको पक्षमै छन् ।

तत्कालको परिस्थितिमा एक जना प्रमुखको कार्यदक्षता र व्यवस्थापन कुशलताले नै चर्को लोडसेडिङमाथि यति प्रभावकारी नियन्त्रण सम्भव छ भने सबै तहका पदाधिकारी, सम्बन्धित सबै निकायको सकारात्मक सहयोग र ट्रेड युनियनहरूले पनि निःस्वार्थपूर्वक सकारात्मक भूमिका निर्वाह गर्ने हो भने छिट्टै देशलाई पूर्ण रूपमा लोडसेडिङमुक्त बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ । यसलाई मनन गर्नु जरुरी छ । बन्दै गरेका विद्युत् आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने वातावरणको निर्माण गर्ने कार्यमा विद्युत् प्राधिकरणलगायतका सबै निकायले सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने हो भने हालको लोडसेडिङमुक्त उपत्यका अभियानलाई निरन्तरता दिन र छिट्टै देशबाटै लोडसेडिङको अन्त्य गर्न सम्भव हुनेछ ।

(Visited 12 times, 1 visits today)
Loading comments...