सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

समुद्री आँधीबाट ३० को मृत्यु

एजेन्सी
1 week ago
12/08/2019

 

हाङचाओ । चीनमा आएको शक्तिशाली ‘लेकिमा’ नामक समुद्री आँधीका कारण हालसम्म मृत्यु हुनेको संख्या ३० पुगेको छ भने आँधीबाट करिब ५ सय जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । आँधीले करिब २५ हजार घरमा क्षति पु‍¥याउनुका साथै ‌१० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पु‍¥याएको प्रारम्भिक अनुमान छ ।

आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो । ११ अगस्टमा चिनियाँ पहेंलो समुद्र क्षेत्रको पश्चिमतिर जाने र बेलुकीसम्म सान तुङ प्रान्तको रि चाउ नामक सहरनजिक क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ ।

यस्तै, आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेको सुरक्षा अधिकारीले बताएका छन् । शनिबार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी सांघाईको बीचमा पर्ने बेन्लिङलाई प्रभावित तुल्याएको थियो । लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो । तर, भूमिमा आइपुग्नुपहिले नै तुफानको गति क्षीण भएको छ । सुरुमा ‘लेकिमा’ १ सय ८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ ।

(Visited 15 times, 1 visits today)
Loading comments...