सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

वैदेशिक रोजगारीका चुनौती

सुदर्शन अधिकारी
7 days ago
13/08/2019

 

सुदर्शन अधिकारी

देशमा रोजगारीको अभाव भएकै कारण दैनिक १७ सयभन्दा बढी युवाजनशक्ति बिदेसिन बाध्य छन् । देशमा उद्योग कलकारखाना स्थापना नहुँदा र हाम्रो कृषिलाई रोजगारीको आकर्षक क्षेत्र बनाउन नसक्दा बर्सेनि थपिने ४ लाखभन्दा बढीका संख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि हरउपाय अपनाई वैदेशिक रोजगारीका लागि अन्य राष्ट्र पुग्छन् । बेरोजगारीको चरम समस्या छ भन्ने वास्तविकता हालै मात्र लोकसेवा आयोगले ६ हजार जनाका लागि आवेदन माग गरेकोमा ६ लाखभन्दा बढी उम्मेदवारबाट आवेदन पर्नुले पनि स्पष्टै हुन्छ । हाम्रो देशमा ठूलाठूला राजनीतिक परिवर्तनबाट व्यवस्था परिवर्तन गरियो तर आमजनसरोकारका विषयमा कुनै सरकारले पनि ठोस कार्य सम्पादन गर्न भने सकेनन् ।

अस्थिर राजनीति र संक्रमणकालीन अवस्था भनेर विकास रोजगारी सिर्जना र आर्थिक वृद्घि हुन नसकेको बताउने दल पूर्ण मात्रै नभई दुई तिहाइको मत पाएर पनि जनअपेक्षाअनुरूपका कार्य गर्न नसक्नु उदेकलाग्दो विषय भएको छ । २०४६ सालको जनआन्दोलनपश्चात् राम्ररी सञ्चालन भएका उद्योग निजीकरणका नाममा बिक्री गर्ने कार्यले उद्योग थप संकटमा परेर अन्ततः बन्द भए । महŒवपूर्ण र धेरै श्रमिक खपत गर्ने उद्योग हेटांैडा कपडा उद्योग, हिमाल सिमेन्ट, गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना हरिसिद्घि इँटा टायल कारखानालगायतका दर्जनौं उद्योग बन्द भएपश्चात् औद्योगिक विकासमा थुपै्र चुनौती थपिँदै गए । राज्यले आफ्नो विशेष पहलबाट उद्योग स्थापना गर्नेतर्फ कुनै चासो देखाएको पाइँदैन ।

युवा जनशक्ति आफ्नै देशमा श्रम गर्न इच्छुक भएर पनि रोजगारी क्षेत्र नभएर आफ्नो घर खेत धितो राखेर ४० डिग्रीसम्मको तापक्रम भएको अरबका खाडीसम्म पसिना बगाउन पुगेका छन् । देशको अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याउने रेमिट्यान्स भिœयाउने लाखांै युवाले विदेशमा भोग्नुपरेको कारुणिक पीडाले जो कोहीको मन दुख्छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवाको अकालमा मुत्यु हुने क्रम बढ्दो छ जसले बैदेशिक रोजगारीप्रति जोखिम बढाएको छ । विदेश जानु अगाडि गर्नुपर्ने पूर्ण कार्य जस्तै सिप सिक्ने सम्बन्धित देशको कम्पनी कस्तो र के सुविधा उपलब्ध हुन सक्छ भाषाको ज्ञान आदिमा कामदार स्वयं सजग भएर लाग्नुपर्नेहुन्छ । विदेश पढाउने संस्थाले पनि आफू मातहत जाने जनशक्तिलाई सकेसम्म बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर भएर कार्य गर्नुपर्छ । एउटा कामका लागि भनेर अर्को काममा लगाउने पारिश्रमिक सम्झौता भएअनुसार नदिनेजस्ता समस्या पनि थुप्रै छन् ।

वैदेशिक रोजगारीमा जानेहरू दुर्घटनामा पर्ने, अस्वस्था खानपान र अनुपयुक्त बसाइँ मुत्युका कारण बनेको देखिन्छ । सुतिरहेकै अवस्थामा मुत्यु हुनेको संख्या पनि ठूलो रहेको छ । वैदेशिक रोजगारीमा जाने मुख्य देशमा एकवर्ष भित्रमा ज्यान गुमाउनेको संख्याले पनि वैदेशिक रोजगारीको जोखिमपूर्ण वास्तविकता छर्लंगै हुन्छ । सबैभन्दा बढी ३२२ मलेसियामा २०८, साउदी अरबमा रकतारमा १४१, यूएईमा १०३, कुबेतमा ४८, ओमनमा ११, बहराइनमा १०, र अन्य राष्ट्रमा ९ गरी कुल ८७७ जनाले कामकै सिलसिलामा ज्यान गुमाएका छन् । आजभोलि हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरदर दैनिक तीनवटा शव बैदेशिक रोजगारीमा जानेहरूको आउने गर्छ । ज्यान नै जोखिममा राखेर विदेशी भूमिमा पसिना बगाउने नेपाली युवाको दर्दनाक अवस्थाप्रति राज्य पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ ।

रोजगारीका लागि आकर्षण बनेको देश मलेसियामा चिसो मौसम भए पनि अस्वस्थ खानपानका कारण बढी युवाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाउँछ अस्वस्थकर मदिरा मुख्य कारक बनेको देखिन्छ । मुत्युको भने न्यून परिश्रमिकका कारण सस्तो र गुणस्तरहीन मदिरा पिउनुपर्ने बाध्यताले पनि श्रमिकलाई पिरोलेको पाइन्छ । अपेक्षाअनुरूप कार्य नपाउँदा वा अन्य विविध कारणले आत्महत्या गर्नेको संख्या पनि बढ्दो छ । सडक दुर्घटनाबाट अकालमा नै ज्यान गुमाउनेको संख्या पनि वृद्घि भएर गएको छ । कार्यक्षेत्रमा हुने जोखिम, दुव्र्यवहार, पारिवारिक मनमुटाव, ऋणको बोझ आदिले पनि आत्महत्याको घटना बढेको देखिन्छ । आफ्ना श्रमिक सुरक्षित वातावरणमा कार्य गर्ने अवस्था सिर्जनाका लागि श्रम मन्त्रालयले गम्भीरताका साथ पहल गर्नुपर्छ ।

 

मातृभूमि छाडेर मासिक ३०÷४०हजार पारिश्रमिकका लागि ज्यानको बाजी थापेर दैनिक बिदेसिने युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नेतर्फ पनि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नेतर्फ अब ढिला गर्नुहु“दैन

कृषि पेसालाई आकर्षक बनाउने दिशामा सरकारले थप गम्भीरता देखाउनु जरुरी छ, जसले गर्दा उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा समेत टेवा पुग्छ

 

माथिको तथ्यांक हेर्दा रोजगारीकै लागि मातृभूमि छाडेर मासिक ३०÷४० हजार पारिश्रमिकका लागि ज्यानको बाजी थापेर दैनिक बिदेसिने युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नेतर्फ पनि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नेतर्फ अब ढिला गर्नुहुँदैन । हाम्रो मुख्य रोजगारीको क्षेत्र भनेको कृषि र पर्यटन नै हुन् । कृषिक्षेत्रमा युवालाई आकर्षित गर्नका लागि राज्यले कार्यन्वयनमा दृढता देखाउनु जरुरी हुन्छ । कृषि ऋण सहज बनाउने बिनाधितो कर्जा प्रदान गर्ने उत्पादित वस्तु खरिदको व्यवस्था मिलाउने सिँचाइ मल बीउ आदिको व्यवस्था गर्नेलगायत कार्य गर्ने हो भने अवश्य पनि युवा आफ्नै देश र माटोमा श्रम गर्न तत्पर हुनेछन् ।
विदेशमा जाने कामदारले जति आम्दानीको आकर्षण देख्छन्, त्यत्ति नै जोखिमपूर्ण जीवनयापन गर्नुपर्ने हुन्छ । पछिल्लो एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये ७५ प्रतिशतले भने जोखिमयुक्त कार्य गर्नुपर्नेहुन्छ । मूल कुरा क्षणिक रूपले आर्थिक लाभ भए पनि अन्ततः वैदेशिक रोजगारी देशका लागि घातक हुन्छ । वर्तमान समयमा त शिक्षित अर्धशिक्षित र निरक्षर सबैको आकर्षणको स्थल विदेश बन्दै गएको छ । त्यसले ब्रेनड्रेनको समस्या निम्त्याइरहेको छ । अहिले हरेक परिवारमा कुनै न कुनै व्यक्ति विदेश पुगेका छन् । आज आफ्नो परिवारका सदस्य विदेशमा छ भन्दा गर्व गर्ने संस्कृतिको विकास हुँदै गएको छ । अध्ययनका लागि अमेरिका युरोप अस्टे«लियालगायतका देशमा जाने लहर पनि उत्तिकै बढेको देखिन्छ ।

विदेशमा श्रम गर्न जानेले विचार पु¥याउनुपर्ने भनेको सम्बन्धित देशको भाषाधर्म संस्कृति भौगोलिक बनावट हावापानीको अवस्था आदिमा जानाकारी लिएर सकिन्छ भने त्यस देशको भाषा सिक्ने आफूले गर्ने कार्यको बारेमा सीप हासिल गर्नेजस्ता पक्षमा गम्भीर हुनैपर्छ । देशको अर्थतन्त्रको आधार बन्दै गएको रेमिट्यान्सलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि राज्यले प्रभावकारी नीति निर्माण र त्यसको कार्यान्यनमा जोड दिनुपर्छ । आज लगभग ७० प्रतिशत घरमा रेमिट्यान्स पुगेको तथ्यांक देखिन्छ ।

जसले हाम्रो देशको कुल ग्राहस्थ उत्पादनमा समेत झन्डै २५ प्रतिशत योगदान पुग्याएको छ । यसरी हेर्दा आर्थिक रूपले वैदेशिक रोजगारी प्रतिफल दिने महŒवपूर्ण क्षेत्र भएर पनि दीर्घकालका लागि हानिकारक नै हुन्छ । त्यसैले आफ्नो देशका युवा शक्तिलाई स्वदेशमा नै रोजगारी उपलब्ध गराउने वातावरण निर्माण गर्नुपर्छ ।
बालबालिका र वृद्घवृद्घा मात्रै रहने अवस्था देशमा आएको छ । सबल र युवा जोस जाँगर भएका सबै बाहिरिने प्रवृत्तिले देशका उर्वरभूमि बाँझो रहने उत्पादन घट्ने खाद्यान्न आपूर्ति कम भएर आयातमा निर्भर हँुदै जानुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ । जनशक्तिको अभावमा कृषि कार्य हुनै छाडेका छन् । उत्पादन कम लगानी बढी हुने भएकाले कृषिप्रति आकर्षण घट्दै गएको देखिन्छ । ६ महिना लामो प्रतीक्षा लगानी र मेहनत गरेर उत्पादन भएको वस्तुले लागत उठ्ने पनि प्रतिफल नपाउँदा कृषक निराश हुनु स्वभाविक नै हो । तसर्थ, कृषि पेसालाई आकर्षक बनाउने दिशाका सरकारले थप गम्भीरता देखाउनु जरुरी छ, जसले गर्दा उत्पादन वृद्घि तथा रोजगारी सिर्जनामा समेत टेवा पुग्छ ।

 

(Visited 45 times, 1 visits today)
Loading comments...