सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

शान्ति र सुशासनको अनुभूति दिलाउन लागिपरेका छौं

ओपेन्द्र बस्नेत
7 days ago
13/08/2019

 

कमानसिंह डाँगी, अध्यक्ष, शान्तिनगर गाउँपालिका, दाङ

दाङ जिल्लास्थित शान्तिनगर गाउँपालिकाले स्थानीय निर्वाचनसँगै आफ्ना जनप्रतिनिधि पाएपछि विकास र समृद्धिको बाटोमा सापेक्ष गति लिन थालेको छ । यस पालिकाले भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली तथा कृषि र साना उद्योगमा आवश्यक बजेट विनियोजन गरी गौरवपूर्ण आयोजनाको सफलतापूर्वक कार्यान्वयन गरिरहेको छ । चालू आर्थिक वर्षमा ८० प्रतिशतभन्दा बढी रकम बराबरका विकासका काम फत्ते गर्न सफल यो पालिकाको विकास निर्माण र जनसेवा विस्तारका क्रममा आइपरेका समस्या, सम्भावना र चुनौतीको सेरोफेरोमा रही पालिकाका अध्यक्ष कमानसिंह डाँगीसँग राजधानीकर्मी ओपेन्द्र बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

अहिले गाँउपालिका कसरी अघि बढेको छ ?

अहिलेको गाँउपालिका हिजो अस्तिको गाविसजस्तो होइन । अहिले गाँउपालिकासँग संवैधानिक अधिकार र दायित्व धेरै छ । पुरानो गतिले स्थानीय तह सञ्चालन गर्छु भनेर जाने हो भने हामी पूर्णरूपमा असफल र दायित्वदेखि पन्छिएको ठहर्छ, त्यसैले अहिले सबैभन्दा जनतालाई शान्ति र सुशासनको अनुभूति दिलाउनका साथै सबै क्षेत्रको विकासको अनुभूति दिलाउन सक्नुपर्दछ । यी दुवै कुरालाई ख्याल गरी शान्तिनगर गाउँपालिका अगाडि बढेको छ ।

हिजो चुनावको बेला जनतासँग गरेका वाचा कत्तिको पूरा गर्नु भयो त ?

हिजो निर्वाचनको बेला हामीले जनतासँग गरेका प्रतिबद्धता के ग¥यौं, त्यो सबै हामीलाई थाहा छ । बोलेर मात्रै हुँदैन पूरा गर्नुपर्ने पनि हुन्छ । त्यसैले, हिजो जे बोलें मैले चुनावका बेला ती कुराहरू क्रमिक तरिकाले पूरा गर्दै जानेछु र गरेको पनि छु । विकास निर्माण एकैपटक सबै पूरा हुँदैन । क्रमशः पूरा हुँदै जाने प्रक्रिया हो । हिजो २० वर्षसम्म जनप्रतिनिधिविहीन भएको बेला देशमा कुनै त्यस्तो विकास हुन सकेन । देश द्वन्द्वमा थियो, भर्खर देशमा स्थानीय निर्वाचन भएको छ । अहिलेको हाम्रो कार्यकाल पाँच वर्षको हो । दुई वर्ष बितिसकेको छ । अझै तीन वर्ष बाँकी छ । १५ वर्षमा हुन नसकेको विकास दुई वर्षमा सम्भव छैन ।
त्यसकारण स्थानीय सरकारको प्रमुख नेताले म सबै जनताको साझा हुँ । मैले कर्तव्य के हो मसँग कति अधिकार छ त्यो सबै मलाई थाह छ । त्यसैले, कानुनभन्दा माथि कोही रहन सक्दैन । कानुनको परिधिमा सबै बस्नुपर्छ । त्यस कारण अब मेरो तीन वर्ष बाँकी छ । त्यो समयसम्म मैले जनतासमक्ष गरेका वाचा पूरा गर्ने छु भन्ने कुरालाई म विश्वस्त तुल्याउन चाहन्छु ।

स्थानीय तहलाई प्रदेश र केन्द्रसँग कसरी जोड्नु भएको छ ?

जहाँसम्म स्थानीय तहलाई प्रदेश र केन्द्रसँग कसरी जोड्नु भएको छ भन्ने प्रश्न हो, यसमा मेरो भनाइ के छ भने जबसम्म जननिर्वाचित प्रतिनिधि राजनीतिभन्दा माथि हुँदैनन् अथवा आफूलाई पार्टीको मानिस नमानी हामी जनताका साझा मानिस अथवा प्रतिनिधि हौं भन्ने सोचको विकास हुँदैन, तबसम्म सबैको समन्वय अथवा एक अर्कासँग जोडिन गाह्रो हुँदोरहेछ । त्यसैले, अहिले साझा हौं हिजो निर्वाचनको बेला आआफ्नो पार्टीबाट चुनावमा लडे, तापनि अहिले हामी सबैको साझा व्यक्ति हौं । म यो पार्टिको त्यो पार्टीको कसैले कसैलाई भन्नु हुँदैन ।
देशमा तीन प्रकारका सरकारमध्येमा हामी स्थानीय तहमा छौं । यी तीन सरकारको समन्वय निकै जरुरी छ । हामी प्रदेश सरकारसँग गाउँपालिकाले समन्वय गर्ने कुरामा गरिरहेका छौं । हामीदेखि माथिको पहिलो सरकार पनि पहिलो सरकार हो उसँग हाम्रो सम्बन्ध सहकार्य र समन्वय निकै अपरिहार्य भएकोले हामी सदैव त्यसमा नजिक रहेर काम गरेका छौं ।

कुन कुन क्षेत्रलाई बजेटमा प्रथामिकता दिनु भएको छ ?

हाम्रो छैठौं गाँउसभाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पनि पास भइसकेको छ । त्यसमा पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र, दोस्रो स्वास्थ्य र तेस्रोमा कृषिमा क्रमशः बजेट विनियोजन गरेका छौं र क्रमिक तरिकाले अन्य क्षेत्रलाई पनि बजेटले सम्बोधन गरेको छौं ।

स्थानीयको अपेक्षा र गाउँपालिकाको काममा तालमेल मिलेको छ ?

हामी जनप्रतिनिधि जनताका काम गर्ने भनेर निर्वाचनबाट आएका हौं । हाम्रो सम्बन्ध र जनताको सम्बन्ध त एकआपसमा जोडिन प¥यो नि । सबैमा हुबहु तालमेल नहोला केही कुरामा त मतभेद भइहाल्छ नि । त्यो सामान्य कुरा हो । त्यसलाई पनि सम्बोधन गरेर लान, सिक्नुपर्छ जनताका इच्छा आकांक्षा थुप्रै हुन सक्छन् । त्यो सबै एकै पटक पूरा नहोलान्, सबैको एकै प्रकारको सोच र विचार पनि हुँदैन, फरकफरक हुन्छ । त्यसैले, हामीले कसैप्रति पूर्वाग्रही बन्नु हुँदैन सबैलाई समान देख्नुपर्छ । सबैलाई मिलाएर लान सक्नुपर्छ । जनताले हाम्रो कामप्रति निगरानी गरिरहेका छन् । हामी राजनीति गर्ने मान्छे भएको हुनाले अर्को तीन वर्षपछि फेरि जनता माझ जानुपर्छ जनतासँग जाने वातावरण अहिलेबाट हामीले मिलाउँदै जानुपर्छ । त्यसमा म कसैलाई आफ्नो वा बिरानो भनेर भेदभाव गरेको पनि छैन । त्यो त तपार्इंले पनि बुझ्न सक्नुहुन्छ ।

 

 

चार गौरवका योजना राम्रोस“ग  पूरा गरेका छौं

प्रतिबद्धता जाहेर गरेका काम बा“की  तीन वर्षमा पूरा गर्दै छौं

तीनवटै सरकारका बीचमा  समन्वय हुन जरुरी छ

शिक्षा, स्वास्थ्य र कृषिलाई क्रमशः  प्राथमितामा राखेका छौं

आफ्नो र बिरानो भनेर  भेदभाव गरेका छैनांै

विनियोजित ८६ प्रतिशत बजेटको काम  गर्न सफल भएका छौं

 

बजेट खर्चको अवस्था कस्तो छ ?

तपार्इंले धेरै राम्रो प्रश्न गर्नुभयो । गत आर्थिक वर्ष २०७५÷७६ को कुल बजेटको ८६ प्रतिशत खर्च भएको छ । यतिबेला कर्मचारीको समायोजनको बेलामा कर्मचारीको अभावमा पनि हामीले ८६ प्रतिशत बजेट खर्च गर्नु भनेको निकै ठूलो उपलब्धिको रूपमा लिएको छ ।

विकास निर्माणलाई कसरी व्यवास्थित गर्नु भएको छ ?

विकास निर्माण एकल प्रयासले सम्भव हुने कुरा होइन । हामीले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुनुपर्छ । तब, विकास निर्माण अगाडि बढ्न सक्छ । साथै इमानदारिताको पनि खाँचो रहन्छ । हामीले विकास निमार्णमा वर्षैपिच्छे करोडौं रूपैयाँ खर्चेका छौं । त्यसलाई चुहावट हुन नदिन सबैको आफ्नो आफ्नो दात्यिव रहन जान्छ । जनता जनप्रतिनिधि र कर्मचारीबीचको त्रिकोणात्मक सम्बन्ध भयो भने बजेटको सदुपयोग पनि हुन्छ । विकास निर्माणले गति पनि लिन सक्छ । त्यसकारण, हाम्रो यही प्रयासअघि बढेको छ ।

गाँउपालिकाले अघि सारेका गौरवका योजना केके छ त ?

गत वर्ष २ करोड ५० लाखका चारवटा गौरवका योजनाहरू राम्रोसँग ग¥यौं । त्यो उपलव्धिमूलक पनि ठानेका छौं । तर, यस वर्ष गौैरवका योजना छैनन् ।

चुनौती केके छन् त ?

वडामा बजेट विनियोजन गर्दा भागबण्डाका आधारमा गर्ने खोज्छन् वडा अध्यक्ष । त्यसैकारण, यसपटक गाँउपालिकामा कुनै पनि गौरवका योजनालगायत अन्य कार्यक्रम पनि केही राख्न सकिएन र वडा अध्यक्षको जिद्दी नै अहिलेको चुनौतीका रूपमा लिएको छु ।

 

(Visited 13 times, 1 visits today)
Loading comments...