सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

प्रधानमन्त्रीज्यू, मलेसिया र सिंगापुर मोडल स्मरण गर्ने कि ?

सागर पण्डित
7 days ago
13/08/2019

 

सागर पण्डित

प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै मात्र आफ्नो स्वास्थ्य परीक्षण गरेर सिंगापुरबाट फर्कनु भएको छ । सबै नेपालीले उहाँको स्वास्थ्य लाभको कामना गरिरहेका छन् र उहाँको हरेक कदम अब मुलुकको विकास र समृद्धिका लागि खर्चिनु पर्ने आवश्यकता बोध गरिरहेका छन् । अझै पनि जनतामा प्रधानमन्त्री ओलीबाट धेरै आशा छ । यद्यपि, १७ महिनामा उहाँको सरकारले आशा गरे अनुसार काम गर्न नसकेको यथार्थ हो । प्रधानमन्त्री एक साता उपचारका लागि सिंगापुर बस्दा सम्भवतः उहाँ र उहाँको टिमले आधुनिक र विकसित सिंगापुरका पिता लि क्वानयुको शासकीय शैली र योगदानका बारेमा स्मरण गरे की गरेनन् ? विचारणीय छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकारले सिंगापुरमा प्रधानमन्त्रीको अब्बल स्वास्थ्य परीक्षण गरिएको जानकारी ट्वीटमार्फत दिनु भएको छ । अब्बल स्वास्थ्य परीक्षणसँगै नेपालका प्रधानमन्त्रीलाई सिंगापुरका पिता लि क्वानयुले अपनाएको जस्तै विकास मोडल र सुशासनको मोडल अपनाउने प्रेरणा मिलोस् । यसका लागि प्रधानमन्त्री, उहाँका सल्लाहकार र सिंगो टिमले आवश्यक भूमिका निर्वाह गर्न सक्नुपर्छ । मुख्य सल्लाहकारले सिंगापुरको अब्वल स्वास्थ्य परीक्षण भनेर जानकारी गराइरहँदा उहाँको मानसपटलमा सिंगापुरले छोटो समयमा नै गरेको जादुमयी विकास श्रृंखलाका छाप पक्कै पनि परेको हुनुपर्छ । यसो त यसअघि पनि उहाँहरूले सिंगापुर सफलताको कथा पक्कै पनि पढनु भएकै होला । अथवा, प्रधानमन्त्रीलगायत उनका टिमका सदस्यले धेरै पटक सिंगापुरको भ्रमण पनि गर्नुभएको छ । पटकपटक सिंगापुर गएर त्यहाँको विकास निर्माणका बारेमा जानकारी लिए पनि हाम्रा प्रधानमन्त्री , उनका टिमका सदस्य तथा सिंगो कर्मचारीतन्त्रले त्यहाँको विकास योजनाका मोडेललाई नेपालमा अभ्यास गर्ने प्रयास कहिल्यै पनि गरेको पाइँदैन् ।

प्रधानमन्त्रीज्यू जसरी तपार्इं अहिले विशिष्ट प्रकारको उपचार गराउन सिंगापुर जानु भएको छ के त्यस्तै खालको विशिष्ट उपचार पद्धति नेपालमा भिœयाउन सकिदैन ? तपाईं नेतृत्वको सरकारले मुलुकको स्वास्थ्य क्षेत्रलाई आमूल सुधार गरी आमनेपालीलाई सहज र सुलभ स्वास्थ्य सेवाप्रदान गर्न सक्दैन ? मलेशिया र सिंगापुरमा जस्तै शिक्षामा नागरिकको सुलभ पहुँच स्थापित गर्न सकिदैन ? यस्ता विषयमा गम्भीरतापूर्वक बहस पैरवी गर्दै क्रान्तिकारी कार्यक्रम लागू गर्न अब सरकारले एक क्षण पनि ढिलाइ गर्नुहँुदैन ।

ताकी कुनै पनि प्रकारका स्वास्थ्य सेवा लिन कुनै पनि नागरिक महंगो पैसा तिरेर विदेशका कुनै पनि अस्पतालमा जान नपरोस् ।विकासको महŒवपूर्ण आधार भनेकै देशले अवलम्बन गर्ने शिक्षा प्रणाली पनि हो । मलेसिया र सिंगापुर दुवै देशले विकासको मूलमन्त्र शिक्षा र प्रविधिलाई माने । महाथीरले शिक्षाले चरित्र निर्माणको मार्ग प्रसस्त गर्न सक्ने निष्कर्ष निकाल्दै शिक्षामा ठूलो लगानी गरे र प्रतिफल पनि निकाले । राम्रो शिक्षा दिन सकिएमा त्यसले असल नेतृत्व उत्पादन गर्न सक्ने निष्कर्ष पनि महाथीरको छ । महाथीरकै शिक्षा योजना हेर्दा के कुरा प्रस्टसँग भन्न सकिन्छ भने शिक्षा ¥यासनालिटी र लजिकल थिंकमा आधारित हुनुपर्छ । ¥यासनालिटी भएको व्यक्ति असल हुन्छ , कहिल्यै दुष्कार्य गर्दैन र राम्ररी सोच विचार गरेर मात्रै निर्णय गर्छ भन्ने महाथीरको निष्कर्ष छ । कुनै व्यक्ति विषयगत रूपमा विज्ञ भए पनि नैकिता रहेनछ भने त्यो ज्यादै भ्रष्ट, खतरनाक हुने भएकाले महाथीरले मानिसलाई नैतिकवान् र चरित्रवान् बनाउन नैतिक शिक्षालाई विशेष जोड दिएका थिए । हामीकहाँ पनि यो विषयलाई निकै गम्भीरतापूर्वक लिएर नैतिक शिक्षामा जोड दिनुपर्छ ।

के हामीले पनि सिंगापुरको विकास मोडल अपनाउन सक्दैनौ ? त्यस्तै एसियाकै अर्को चम्किलो देश मलेसियाका विकास सुत्रधार महाथीर मोहम्मदको विकास मोडल अपनाउन सक्दैनौ ? गम्भीर प्रश्न हो यो । प्रधानमन्त्रीको सल्लाहकार टिममा यस विषयमा बहस पैरवी होला या नहोला त्यो त उहाहरूले नै जान्ने विषय हो ।
लि क्वानयूको सबैभन्दा ठुलो कदम भनेकै उनले भ्रष्टाचारविरुद्ध राँको बाल्ने काम गरेका थिए । मलेसियाका प्रधानमन्त्री महाथीरले पनि भ्रष्टाचारविरुद्धको आक्रामक कदमबाट नै मलेसियालाई यहाँसम्म ल्याएका हुन् । यसैगरी, यी दुवै प्रधानमन्त्रीले शासन सञ्चालन गर्दा मेरिटोक्रेसी(योग्यता प्रणाली) लाई निकै ध्यान दिन्थे । स्वास्थ्य र शिक्षामा आमूल सुधार गर्नु उनीहरूको मुख्य प्राथमिकताको विषय थियो । उनीहरूको सल्लाहकार टिम एकसय एक गुणले युक्त थिए । जागिर खुवाउनकै लागि उनीहरूले आफ्नो सल्लाहकार टिममा कसैलाई पनि घुसाएनन् । काविल र रातदिन खटिएर मुलुकलाई आर्थिक विकास र समृद्ध बनाउने खाका कोर्न सफल व्यक्ति उनीहरूको सल्लाहकार टिममा रहेका थिए । हाम्रा प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई भाषणमा निकै अभिव्यक्त गर्नुभयो, तर त्यसलाई व्यवहारमा चरितार्थ गर्न सक्नु भएको छैन । महाथीर र लीले भने भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता कहिल्यै भनेनन्, तर व्यवहारमा नै चरितार्थ गरेर देखाइदिए ।

 

 

शिक्षा ¥यासनालिटी र लजिकल थिंकमा आधारित हुनुपर्छ । ¥यासनालिटी भएको व्यक्ति असल हुन्छ, कहिल्यै दुष्कार्य गर्दैन र राम्ररी सोचविचार गरेर मात्रै निर्णय गर्छ भन्ने महाथीरको निष्कर्ष छ

हाम्रा प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई भाषणमा निकै अभिव्यक्त गर्नुभयो तर त्यसलाई व्यवहारमा चरितार्थ गर्न सक्नु भएको छैन। महाथीर र लीले भने भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता कहिल्यै भनेनन् तर व्यवहारमा नै चरितार्थ गरेर देखाइदिए ।

 

यी दुवैले उनीहरूको देशको आर्थिक वृद्धि दर छोटो समयमा नै विकसित मुलुकको जति नै बनाए । ८० को दशकसम्म दुवै देश अविकसित देशका रूपमा थिए, तर तीन दशकमा नै उनीहरूको अथक मिहिनेत र प्रयासले सिंगापुर र मलेसिया विकसित देशको दाँजोमा पुग्न सफल भएको हो । मुलुकको राजनेताको रूपमा स्थापित हुन उनीहरूले धेरै मिहिनेत र परिश्रम गरे । इमानको राजनीति गरे , जनतालाई कहिल्यै पनि धोका दिएनन् । जे बोल्थे उनीहरू त्यहीं पु¥याउँथे । लि क्वान युले त सिंगापुरलाई मलेसियाभन्दा पाँच गुना बढीले आर्थिक वृद्धि गराइदिए । उनले सिंगापुरमा भ्रष्टाचारको नामोनिशासन नै मेटाइदिए । ट्रान्सपरेन्सी इन्टरनेसलले पनि विश्वमा अन्त्यन्तै कम भ्रष्टाचार हुने मुलुकमा सिंगापुरलाई राखेको छ । लि र महाथीर दुवैले विकास योजना चयन गर्दा यथार्थपरक किसिमले गर्थे । उनीहरूको विकास योजना कस्मेटिक किसिमको हुँदैनथ्यो । उनीहरू दवै जनाको शासकीय चरित्रउस्तै खालको थियो । लोभलालचबाट उनीहरू पूर्णरूपमा मुक्त थिए । विदेश नीतिका बारेमा उनीहरू निकै संवेदनशील थिए । राजनीतिक अडानमा स्पष्ट थिए । विकासका लागि नियमित रूपमा नै योजना बुन्थे भने कार्यान्वयन गराउन प्रभावकारी संयन्त्र बनाएर याक्सनमा जान्थे ।

आशा गरौं, प्रधानमन्त्री ओली अब्वल स्वास्थ्य परीक्षणसँगै आफ्नो काममा पनि अब्वल सावित हुनेछन् । उनले केही दिनअघि मात्रै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्रीले सचिवसँग र सचिवले महानिर्देशकसँग सम्झौता गर्ने परिपाटीलाई सशक्त रूपमा अगाडि बढाउन ओली सरकार लागेको छ । यसको व्यावहारिक कार्यान्वयन हुन सक्यो भने ओली नेतृत्वको सरकारले आगामी एक वर्ष भित्र केही न केही परिणाम दिन सक्छ । आगामी ३ वर्षभित्र पाँच अंकको दोहोरो आर्थिक वृद्धिको लक्ष्य राखिएको छ । तर सो लक्ष्य भेटाउन आक्रामक खालका कार्यक्रम भने लागू गर्न सकिएको छैन ।
मलेसिया र सिंगापुर त्यसै विकास भएका होइनन् लि र महाथीरको शासकीय सक्षमता , त्याग र समर्पणका कारण ती देशले विकासमा फड्को मारेका हुन् । उनीहरूले कुशासनको चक्र कसरी नामेट पार्न सफल भए भन्ने बारेमा हाम्रा प्रधानमन्त्री , मन्त्री तथा उनको सिंगो टिमले थाहा पाउनुपर्छ । हामी कहाँ अहिले पनि विभिन्न महŒवपूर्ण निकायमा टीका लगाएर आफू निकटकालाई नियुक्ति दिने प्रवृत्ति यथावत् छ ।

राजदूत नियुक्ति तथा विभिन्न सार्वजनिक संस्थानमा गरिएका नियुक्ति हेर्ने हो भने शासकीय सक्षमतामा अभावका संकेत देख्न सकिन्छ । राष्ट्रका महŒवपूर्ण निकायमा नियुक्ति गर्दा महाथीर र लि ले कहिल्यै पनि नाता, कृपा र फरियावादलाई लागू गरेनन् । योग्य र सक्षमलाई प्रतिस्पर्धाका आधारमा ल्याउने काम गरे जुन हामी कहाँ हिजोदेखि आजसम्म हुनैसकेन । जसले गर्दा शासन सत्ता कमजोर हुँदै आयो । अहिले पनि अवस्था  त्यस्तै छ । त्यसैले, अब आगामी दिनमा प्रधानमन्त्री ओलीको शासकीय शैली पनि अब्वल र जनप्रिय बन्न सक्नुपर्छ । उहाँका टिम जागिर खानका लागि होइन केही गरेर देखाउनका लागि रातदिन खटिनुपर्छ । जागिर खानकै लागि प्रधानमन्त्रीको टिममा संलग्न भएकाले पदत्याग गरेर अहोरात्र खट्न सक्ने व्यक्तिलाई अवसर दिनुपर्छ ।
आम नेपालीले विकास प्रगति र समृद्धिको अनुभूति गर्ने गरी प्रधानमन्त्रीले सबै संयन्त्रलाई चलायमान बनाउन सक्नुपर्छ । यसका लागि उहाँले मलेसिया र सिंगापुरका विकास मोडलको स्मरण गरेर केही मोडल लागू गर्न सक्नु भयो भने पनि मुलुक धेरै हदसम्म समृद्ध बन्न सक्छ ।

 

(Visited 34 times, 1 visits today)
Loading comments...