सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

पदक विजेता नगदसहित सम्मानित

राजधानी समाचारदाता
7 days ago
13/08/2019

 

पदक विजेता नगदसहित सम्मानितकाठमाडौं। नेपाल बडिबिल्डिङ एन्ड फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले राजधानीमा साउन पहिलो साता सम्पन्न १२औं दक्षिण एसियाली बडिबिल्डिङ एन्ड फिजिक्स स्पोटर््स च्याम्पियनसिपका पदकधारी खेलाडीलाई सोमबार नगदसहित सम्मानित गरेको छ ।

संघका अध्यक्ष श्रेष्ठले स्वर्ण, रजत र कास्यपदकाधारी १६ खेलाडीलाई एक कार्यक्रमकाबीच नगदसहित सम्मानित गरेको हो । अध्यक्ष श्रेष्ठले स्वर्ण जित्नेलाई ५० हजार रुपैयाँ, रजत जित्नेलाई ३० हजार रुपैयाँ तथा कास्यपदक जित्नेलाई जनही २० हजार रुपैयाँका दरले सम्मानित गरेको हो । जुन, एक मुस्टमा ४ लाख ८० हजार रुपैयाँ हुन आउँछ । खेलाडीलाई पुरस्कार रकम हस्तान्तरण गरेपछि संघका अध्यक्ष श्रेष्ठले यो एक मायाको चिनो रहेको र आगामी दिनमा पनि  पदक जित्नको लागि थप मिहेनत गर्न सुझाव दिए ।

च्याम्पियनसिपमा तीन खेलाडीले स्वर्ण, ७ खेलाडीले रजत र ६ खेलाडीले कास्य जितेको थियो । ६५ केजीमा समीर श्रेष्ठ, मेन्स एथ्लेटिक्स एन्ड फिजिक्स १६७ सेन्टिमिटरभन्दा माथि नरेश मालाकार, वुमन्स मोडल फिजिक्समा मल्लिका शाक्यले स्वर्ण जितेका थिए । कमल भण्डारीले ६० केजी, रमेश कार्कीले ७० केजीमा रजत जितेका थिए । यस्तै, निशान्मान प्रधानले मेन्स एथ्लेटिक्स एन्ड फिजिक्स १६७ सेन्टिमिटरभन्दा माथि, राजु राईले मेन्स फिटनेस फिजिक्स, प्रमोद राईले मेन्स स्पोर्टस् फिजिक्स १७० सेन्टिमिटरभन्दा माथि, रजनी श्रेष्ठले वुमन्स एथ्लेटिक्स फिजिक्स र पूजा श्रेष्ठले वुमन्स मोडल फिजिक्समा रजत जितेकी थिइन् । किसन दास दिवाकरले ५५ केजी, प्रज्वलमान शाक्यले ६५ केजी, अशोक महर्जनले ७५ केजी, मिलन सिजापतिले ८५ केजी, कृष्ण महर्जनले मेन्स जुनियर बडिबिल्डिङ र सुजिता मानन्धरले वुमन्स एथ्लेटिक्स फिजिक्समा कास्य हात पारेकी थिइन् ।

एसिया प्यासिफिक च्याम्पियनसिपमा तीन खेलाडी नेपालका तीन खेलाडीले थाइल्यान्डको बैंककमा आयोजना हुने एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोटर््स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

संघले सोमबार राजधानीमा १२औं दक्षिण एसियाली एन्ड फिजिक्स स्पोटर््स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा तीन खेलाडीले एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोटर््स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जानकारी गराएको छ । च्याम्पियनसिप अगस्ट १६ देखि १९ सम्म बैंककमा आयोजना हँुदैछ ।

(Visited 7 times, 1 visits today)
Loading comments...