सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

प्रशिक्षकलाई पदोन्नतिको अवसर

राजधानी समाचारदाता
7 days ago
13/08/2019

काठमाडौं ।  नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नति हुने अवसर प्रदान गरेको छ ।
आईटीएफले एकहप्ते वार्षिक उत्सवका क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौं डानमा खेलाडीलाई प्रमोसन हुने अवसर प्रदान गरेको हो ।
सोमबार लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा चौथो डानका १३ खेलाडी र पाँचौं डानमा ६ खेलाडीको ग्रेडिङ परीक्षा लिएको थियो ।
उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्डमास्टर(९औं डान प्राप्त) कोरियाली जो चोल होले चौथो र पाँचौंको ग्रेडिङ लिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(एनआईटीएफ)का अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

(Visited 7 times, 1 visits today)
Loading comments...