सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

छोरा तैमुरसंगै सुटिङ गर्छिन करिना

एजेन्सी
7 days ago
13/08/2019

मुम्बई । बलिउड अभिनेत्री करिना कपुर केही समय यताबाट सुटिङमा फर्किएकी छन् । उनी नयाँ फिल्म इङलिस मिडियम–२ मा जोडिएकी छन् ।
अहिले उनी डान्स इन्डिया डान्स रियालिटी डान्स सोको सुटिङमा छिन् । उनी सुटिङमा पनि आफ्नो छोरा तैमुरसँग हुन्छिन् । तैमुरलाई सुटिङमा नल्याएको दिन उनी छोरासँग भिडियोमा कुराकानी गर्न व्यस्त हुन्छिन् । सोही कारण यी नायिकाको छोरासँग कुरा गरेको एउटा भिडियो अहिले भाइरल बनेको छ ।

छोरा तैमुर पनि आमासँग सुटिङमा जान र सुटिङका अन्य कलाकार एवं प्राविधिकसँग खेल्न मन पराउँछन् । जोसँग पनि चाँडै घुलमिल हुने स्वभावका कारण करिनाका छोरा सुटिङ स्पटमा पनि सबैका प्रिय हुने गरेका छन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...