सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

सन्दीपलाई अमेरिकाको भिषा लाग्यो

राजधानी समाचारदाता
6 days ago
13/08/2019

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । दुतावासवाट फर्केपछि सन्दिपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसपछि सामाजिक सञ्जालमा राम्रै बहस भएको थियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्नका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए ।

(Visited 73 times, 1 visits today)
Loading comments...