सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

महिलामा लुकेको पीडा : पाठेघरको क्यान्सर

डा.प्रकाश बुढाथोकी
5 days ago
15/08/2019

 

डा.प्रकाश बुढाथोकी

ग्लोबोकानका अनुसार क्यान्सरबाट वार्Èिक ७६ लाख व्यक्तिको मृत्यु हुन्छ, जसमा ६३ प्रतिशत विकासोन्मुख राष्ट्रका हुन्छन् । यो क्रम जारी रहे सन २०३० सम्ममा १ करोड ३३ लाखको मृत्यु क्यान्सरबाट हुने अनुमान गरिएको छ । नेपालमा प्रत्येक २ घर बिरायर अर्थात् हरेक १० जनामा १ जना क्यान्सर रोगी हुनसक्ने अनुमान छ । अस्पतालको तथ्यांक हेर्दा भने प्रत्येक १ लाख जनसंख्यामध्ये १२० जनामा क्यान्सर हुनसक्ने देखिन्छ । हरेक वर्È ३६ हजार नया“ क्यान्सरका बिरामी थपिन्छन् । ७० हजारभन्दा बढी क्यान्सरका रोगी हर समयमा नेपालमा भएको अनुमान छ, तर क्यान्सर अस्पतालसम्म ४५ सयसम्म मात्र पुग्छन् । अधिकांशलाई क्यान्सर लागेको थाहै हुँदैन । विकसित मुलुकमा प्रोस्टेट र कोलोरेक्ट्ल क्यान्सर प्रमुख छ भने विकासोन्मुखमा पाठेघरको मुख र कलेजोको कयान्सर देखिएको छ ।

बेलैमा सचेत हु“दा रोग लाग्नबाटै बचिने र रोग लागे पनि सुरुमै उपचार गर्दा निको पार्न सकिने भए तापनि चेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण थुप्रै महिला विभिन्न रोगहरूबाट पीडित हु“दै गम्भीर बनी क्यान्सरबाट पीडित भइरहेका छन् । खासगरी, अशिक्षित समाज, चेतनाको अभाव, सुरुमै जचाउन नजाने प्रवृत्ति, रोग लुकाएर बस्ने, लोकलाजका कारण अरूलाई आफ्नो समस्या नभन्ने प्रवृत्तिले गर्दा गाउ“का महिलामा समस्या अझै डरलाग्दो अवस्थामा रहेको छ । उपचारको निर्णय अधिकांश पुरुष सदस्यमा निर्भर रहनाले निको नहुने अवस्थामा मात्र स्वास्थ्य संस्था आइपुग्छन् ।

पाठेघर क्यान्सर

पाठेघर अर्थात् गर्भाशयको मुखमा असामान्य परिवर्तन हुन गई त्यहा“का कोषकोषिकामा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गिर्खा वा घाउ बन्दछ । शरीरको अन्य भागमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेको यस्ता गिर्खा वा घाउलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ ।
जुनसुकै उमेरमा लाग्न सक्ने यो रोग, कम उमेरमा लागेमा बढी खतरा हुन्छ । नेपालजस्तो राष्ट्रमा स्क्रिनिङ कार्यक्रमको अभाव तथा ढिलो एवं फैलिइसकेको अवस्थामा मात्र उपचारको लागि आउने बिरामीको व्यवहार, रुग्ण आर्थिक अवस्था र अशिक्षा मूल रूपमा जिम्मेवार रही मृत्युको मुख्य कारण बनेको छ ।व्यवस्थित पूर्व परीक्षण स्क्रिनिङ कार्यक्रमलाई स्त्री रोग परीक्षणको एक भागका रूपमा स्थापित गराएर पनि यसबाट हुने मृत्युदरमा कमी ल्याउन सकिन्छ ।

प्रमुख कारण

विशेषगरी, यौन सम्पर्क तथा भाइरसको संक्रमण यसको प्रमुख कारण मानिएको छ । क्यान्सर हुने बढी खतरा भएकामा
– कलिलै अर्थात् १८ वर्षभन्दा कम उमेरमा विवाह भएका
– कलिलै उमेरमा यौन सम्पर्क राख्ने
– कम उमेरमा बच्चा जन्माउने
– दुवै वा दुईभन्दा बढी पुरुषस“ग यौन सम्पर्क भएका, वेश्यावृत्तिमा लागेका तथा बहुविवाह भएका
– छिटोछिटो समयमा र बढी सन्तान जन्माएका
– खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका
– ४० वर्È उमेर काटेका
— रोगस“ग लड्ने क्षमता कम भएका
— पहिलेको प्यापस्मेयर खराब भएका, कहिल्यै प्यापस्मेयर नगराएका
– कम आय भएका, अशिक्षित तथा आफ्नो शारीरिक र गुप्तांगको सरसफाइमा ध्यान नदिने
– यौन रोग तथा गुप्तांगका दीर्घरोगको उपचार नगर्ने
– एचपीभी. अर्थात् हरपिस भाइरसको र अन्य यौन संक्रमण भएका
एचपीभी संक्रमित भई धेरैपटक गर्भवती भए, ५ वर्Èभन्दा लामो समयसम्म गर्भनिरोधक चक्की प्रयोग गरिरहे र धुम्रपान गर्ने भए सम्भावना बढेर आउँछ ।

लक्षण

सुरुको अवस्थामा यस रोगको कुनै पनि लक्षण हु“दैन, चिकित्सकले परीक्षणका क्रममा मात्र फेला पार्दछन् । यसैले यस रोगको रोकथाममा नियमित परीक्षणको महŒव छ । यो रोग बढ्दै गएपछि निम्न लक्षणहरू देखा पर्न सक्दछन्
– गुप्तांगबाट गन्हाउने तथा रगत मिसिएको अस्वभाविक तरल पदार्थ बग्छ
– यौन संसर्गपछि वा लगत्तै रगत
देखिन सक्छ
– महिनावारीको बीचबीचमा, महिनावारी नभएको समयमा पनि योनीबाट रगत
देखिन सक्छ,
– महिनावारी हु“दा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्छ ।
– रक्तश्रावका कारण रक्तअल्पता हुन्छ । महिनावारी सुकिसकेका महिलामा योनीबाट रगत देखिनु क्यान्सरको लक्षण हुन सक्छ ।
– रोग ज्यादै फैलिएको अवस्थामा पानी बग्ने, कम्मर दुख्ने, तल्लो पेट दुख्ने, खुट्टा सुन्निने, दिसापिसाबमा रगत देखा पर्ने र दिसापिसाब गर्न अप्ठ्यारो लक्षण हुन सक्छ ।
यो क्यान्सर पनि अरू क्यान्सरजस्तै पाठेघरमा सुरु भएर शरीरको अन्य भागमा फैलिन सक्दछ । पाठेघरको मुखको क्यान्सर नजिकको भागमा फैलने क्रममा पाठेघरको माथिल्लो भागमा, मूत्र थैलीमा, दिसा गर्ने नलीमा जान सक्छ । त्यस्तै, लसिका नली तथा रक्त नलीबाट फैलिने क्रममा फोक्सो, हड्डी, कलेजो इत्यादिमा फैलिन सक्दछ । क्यान्सर अन्य अंगमा फैलिएको भएमा अन्य विभिन्न लक्षण देखा पर्दछन् ।

 

सुरुमैै क्यान्सरको निदान हुनेबिŒिाकै उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकामा भन्दा सफल रहन्छ । धनजनको
क्षतिसमेत न्यूनीकरण गर्न हुन्छ

चेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण थुप्रै महिला विभिन्न रोगहरूबाट पीडित हु“दै गम्भीर बनी क्यान्सरबाट
पीडित भइरहेका छन्

 

निदान

पाठेघरको मुखको क्यान्सरको निदान सुरुको अवस्थामा गर्न सकियो भने उपचार पनि प्रभावकारी हुन्छ । रोग फैलिसकेको वा रोगको निदान ढिलो हुने गरेको हालको अवस्थालाई परिवर्तन गर्न यौन जीवनमा आवद्ध महिलाले माथि उल्लेखित लक्षण देखा नपरे पनि स्त्री रोग विशेषज्ञबाट नियमित रूपले आफ्नो पाठेघर तथा प्रजनन अंगको परीक्षण गराउनुपर्छ र प्यापस्मेर गराउनु जरुरी ठहदछ । यसले गर्दा पाठेघरको मुखमा हुने सुरुको अवस्थाको क्यान्सर पत्ता लाग्न सक्दछ र उपचार गरी क्यान्सर निर्मूल गर्न सकिन्छ ।
आवश्यकता परेमा गर्भाशयको परीक्षण प्यापस्मेर तथा रोग निदानका लागि प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली बायोप्सी जा“च्न पठाइन्छ र क्यान्सर लागेको टुंगो लाग्छ । कोन बायोप्सी तथा कल्पोस्कपिक बायोप्सी इत्यादि उपाय पनि छन् ।

उपचार

सुरुकै अवस्थामा यो रोग पत्ता लगाई समुचित उपचार गरेमा पाठेघरको मुखको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । तर, रोगको प्रकृति, अरू अंगमा फैलिएको वा नफैलिएको अवस्था आदिमा उपचारको प्रभावकारिता र परिणाम निर्भर गर्दछ । तसर्थ, पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाई उपचार गर्न आवश्यक छ । यसका उपचार विधि निम्न प्रकारका छन् ः
रोगको प्रथम चरणमा उपचार गर्दा ९८ प्रतिशतसम्म निको हुन्छ भने दोस्रो चरणमा रोग प्रवेश गरिसकेको अवस्थामा ४५ प्रतिशत तेस्रो अवस्थामा २५ प्रतिशत र चौथो चरणमा प्रवेश गरेको अवस्थामा निको हुने सम्भावना ५ प्रतिशत भन्दा पनि कम हुन्छ ।

विभिन्न पद्धति बिरामीको स्थिति र रोगको प्रकृतिको आधारमा चिकित्सकले एक वा एक आपसमा संयुक्त रूपमा प्रयोग गर्नुपर्ने हुनसक्छ । पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा पारिवारिक स्नेहको पनि यस रोगको उपचारमा महŒव रहेको छ । कम उमेरका बिरामीलाई हर्मोन, प्रतिस्थापना गर्नुपर्ने हुन सक्छ । रेडियोथेरापी पाएका बिरामीले उपचारको केही महिनाभित्रमै यौन सम्पर्क गर्नुपर्छ । अन्यथा योनी सा“घुरिने वा खुम्चने डर हुन्छ । यो सरुवा रोग नभएकोले संभोगबाट लोग्नेलाई सर्दैन ।

अन्तमा, नेपालका ९० प्रतिशत क्यान्सरका बिरामीलाई चेतनाको कमीले आफू रोगी भएको थाह हुँदैन र उपचारका लागि अस्पतालमा आइपुग्दैनन् । थाहा पाउने १० प्रतिशत वा आइपुगेकामा पनि ८० प्रतिशत ढिलो अवस्थामा आइपुग्छन् । कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ । यदि सुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकोमा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

 

(Visited 48 times, 1 visits today)
Loading comments...