बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

प्रदेश ३ का सबै जिल्लामा रंगशाला निर्माण हुने, सिन्धुपाल्चोकमा निर्माण सुरु

दिनेश थापा
1 month ago
19/08/2019

सिन्धुपाल्चोक । प्रदेश ३ सरकारले प्रदेश भित्रका १३ जिल्लामा खेलकुदको बिकासका लागि रंगशाला निर्माण गर्नै भएको छ । प्रदेश ३ को सामजिक विकास मन्त्रालयको अगुवाईमा रंगशाला निर्माण हुने भएको हो । यसको सुरुवात सिन्धुपाल्चोबाट भएको छ । प्रदेश ३ का सामजिक विकास मन्त्री युवराज दुलालले आफ्नै गृहनगरबाट रंगशाला निर्माणको औपचारीक सुरुवात गरेका छन् ।

सिन्धुपाल्चोक सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेको रंगशालको औपचारीक शिलन्यास सँगै सबै जिल्लामा रंगशाला निर्माण गरिने सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

सदरमुकाम चौतारामा निर्माण हुने रंगशाला बढीमा तिन वर्ष भित्र निर्माण सम्पन्न हुने गरी काम सुरुवात गरिएको छ । रंगशालन निर्माणका लागि प्रदेश सरकारले ठेक्का प्रक्रिया सुरुवात गरे निर्माण व्यवसायीहरुले काम समेत सुरुवात गरिसकेका छन् ।

चौतारामा निर्माम्ण हुने रंगशालामा आधरभुत तहका सबै सुविधा हुने सार्वजनिक निर्माण कार्यन्वयन इकाइ काभ्रेका प्रमुख पुर्णबहादुर दर्जीले जानकारी दिए । एन्फा मापदण्ड अनुसार १ सय मिटर लम्बाई र ६५ मिटरको चौडाई भएको तयारी रंगशाला निर्माण हुने छ । रंगशालामा ६ हजार दर्शक अट्न सक्ने सुविधायुक्त प्यारफिट,५ सय सवारी अट्ने पार्किङ रंगाशालामा हुने छ ।

४१ करोड ६२ लाख रुपियाँको लागतमा निर्माण हुने रंगशालको लागि गत वर्ष ६ करोड र यस वर्ष ५ करोड रुपियाँ सामाजिक विकास मन्त्रालय ले विनियोजन गरेको छ । त्यो मध्ये गत बर्षको ६ करोडको ठेक्का सम्झौता समेत भएको सामजिक विकास मन्त्री दुलाले जानकारी दिए ।

प्रदेश ३ को मेगा आयोजनाको रुपमा हामीले यसलाई अघि सारेका छौ सामाजिक विकास मन्त्री दुलालले भने–‘वहुप्राविधिक शिक्षालय,विद्यालय नर्स कार्यक्रम र रंगशाला मेगा आयोजना हुन् ।’ रंगशाला को शिलन्यास गरेपछि मन्त्री दुलालले निर्धारीत समय भित्र काम सम्पन्न गर्न निर्माण व्यावसायीहरुलाई निर्देशन दिएका थिए । रंगशाला निर्माणको जिम्मा टक्सार/शान्ति देवी कन्स्ट्रक्सनले पाएको छ । आफुहरु निर्धारीत मितिमा नै काम सक्ने गरी काम सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि छत्रबहादुर तामाङले जानकारी दिए ।

दिगो विकासको योजना सहित प्रदेश सरकारले पहाडी रंगशालाको अवधारण अघि सारेर काम सुरुवात गरेको प्रदेश मन्त्री युवराज दुलाालले जानकारी दिए ।
सिन्धुपाल्चोक सहित दोलखा,नुवाकोट,ललितपुर,धादिङ,सिन्धुली र रामेछाप जिल्लामा यही वर्ष रंगशाला निर्माण सुरुवात गरिने सामजिक विकास मन्त्री दुलालले जानकारी दिए । अरु जिल्लामा जग्गा समस्या भएकाले यो वर्ष नुहनेर जग्गा प्राप्ती हुन साथ अरु बाँकी जिल्लामा पनि रंगशाला निर्माण सुरु गरिने मन्त्री दुलाालले जानकारी दिए ।

सदरमुकाममा निर्माण हुने रंगशालाले यो क्षेत्रको खेलकुद लगायत अन्इ विकासमा सहयोग पुग्ने पुर्व सासंद सुभाष कर्मचार्यले बताए । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले आफुहरु समय भित्रै रंगशाल निर्माण गर्न लागि पर्नै प्रतिबद्धता जनाए ।

२७ कभर्डहल

प्रदेश ३ सरकारको समाजिक विकास मन्त्रालयले नै प्रदेश ३ का विभिन्न जिल्लाको २७ निर्वाचन क्षेत्रमा सुविधासम्पन्न कर्भडहाल निर्माण गरिरहेको छ । ब्याडमिन्टीन लगायत खेलका लागि कर्भडहल निर्माण सुरु गरिएको सामाजिक विकास मन्त्री दुलालको भनाई थियो । केही वर्ष भित्र प्रदेश ३ का सबै स्थानीय तहमा कर्भडहल निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

(Visited 82 times, 1 visits today)
Loading comments...