बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

एस जयशंकरले भेटे प्रधानमन्त्री ओलीलाई

राजधानी समाचारदाता
4 weeks ago
21/08/2019

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

आयोगको बैठक बुधबार सुरु हुने भएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।

बैठक बुधबार र बिहीबार हुनेछ । भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ ।

(Visited 49 times, 1 visits today)
Loading comments...