बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

निकिताको उजुरी किन लिन मानेन प्रहरीले ?

राजधानी समाचारदाता
4 weeks ago
21/08/2019

 

काठमाडौं । रवि लामिछानेकी श्रीमती निकिता पौडेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र चितवनका एसपी दानबहादुर मल्लविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा तीन जनाको नाममा जाहेरी दिन पुगेकी निकितालाई काठमाडौं प्रहरीको कार्यक्षेत्र नभएको भन्दै जाहेरी नलिएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।

निकिताले शालिकराम पुडाशैनी आत्महत्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै मुलिकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन काठमाडौं प्रहरीमा पुगेकी थिइन् ।

(Visited 180 times, 1 visits today)
Loading comments...