बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

‘प्रभु साहले सांसद पदको दुरुपयोग गरे’

रमेश तिमलसिना
4 weeks ago
21/08/2019

रौतहट । नेकपाका असन्तुष्ट पक्षले रौतहट क्षेत्र नं. ३ का संसद तथा प्रदेश नं. २ का नेकपा अध्यक्ष प्रभु साहले पदको दुरुपयोग गरेको आरोप लगाएका छन । रौतहटको गौरमा बुधबार आयोजित पत्रकार सम्मलेनमा असन्तुष्ट पक्षले पदको दुरुपयोग गरेका प्रदेश अध्यक्ष साहलाइ कार्वाहीको माग समेत गरेका छन ।

नेकपाका पुर्व सभासद अशोक जयसवालले पत्रकार सम्मेलनमा बोल्दै संसद प्रभु साहले बिगत लामो समय देखी पार्टीमा ठुलो योगदान दिएका साथीहरुले बाध्य भएर पार्टी छाडेको बताएका छन् । पछिल्लो पटक प्रदेश सदस्य,जिल्ला पदाधिकारी,जिल्ला सदस्यहरुको नामाबली र गाउँ÷ नगरको कमिटिको पदाधिकारी चयनमा पुरै गुटबन्दी गरेको पुर्व सभासद जयसवाललेले बताएका छन ।

संसद साहले पदको दुरुपयोग गदै बिभिन्न नगरपालिकामा आफनो मान्छेलाइ मात्रै टिकट दिएको बताउदै पुर्व सभासद जयसवालले भने ‘अर्को पद हत्याउनको लागी उनले राजिनामा दिएका हुन र यो सबै उनको नाटक हो’ उनले भने ‘म बिगत १० बर्ष देखी रौतहट जिल्लाको पार्टी इन्चार्ज,केन्द्रिय सदस्य समेत भएको मान्छेलाइ २ बर्ष देखी दबाएर राखे र म जस्ता धेरै कार्यकर्तालाइ दबाएर राखेका छन्’ । पुर्व सभासद जयसवालले भन्छन ‘बलिदानीको गरिमामय इतिहास बोकेको पार्टीलाइ रौतहटमा सिध्याएर साहले आफनो घरपरिवार र दलालहरुको पार्टी बनाउन खोजेका छन’ ।

पत्रकार सम्मेलनमा सभासद जयसवालले नगर÷गाउँ पालिकाकाको पदाधिकारी चयन,जिल्ला सदस्यहरुको चयन चाडो भन्दा चाडो नसच्चाए जिल्ला भित्र अर्को समानन्तर पार्टी गठन गर्ने समेत चेतावनी दिएका छन् । आफनो माग सम्बन्धमा केन्द्रिय तहले चाडो भन्दा चाडो सम्बोधन गर्न पत्रकार सम्मेलनमा सहभागीहरुले आग्रह गरेका छन ।

पत्रकार सम्मेलनमा यमुनामाइ गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखिया, तत्कालीन नेकपा माओवादीका केन्द्रिय सदस्य बिपिन जयसवाल,पार्टीका प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरु, तत्कालीन नेकपा माओवादीको तर्फबाट बिजयी भएका बिभिन्न वाडहरुका वाड अध्यक्षहरु,बिभिन्न संगठनका सदस्यहरु सहित ठुलो संख्यामा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

(Visited 295 times, 1 visits today)
Loading comments...