बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

सरकारी सवारी साधनको दुरुपयोग बढ्दो

शुभाकर विश्वकर्मा
4 weeks ago
21/08/2019

जुम्ला । जिल्लाका सरकारी सवारी साधनको दुरुपयोग बढेको छ । कार्यालयको नाममा रहेका सवारी सात्रान अनुमति विना, व्यक्तिगत प्रयोजनका लागि प्रयोग भईरहेको पाइएको छ ।

बिदा दिन समेत केही अमुक व्यक्तिले सवारीको दुरुपयोग भइरहेको गुनासो बढ्न थाले पछि छड्के अनुगमन गरी नियन्त्रणमा लिइएको छ । अनुमति विना र आधिकारिक वाहेक अन्य व्यक्तिले चलाएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो । सरकारी नम्बरका सरकारी सवारी साधन ट्राफिक कार्यालय जुम्लाले नियन्त्रणमा लिएको हो । वा १ व ९३४५ , क १ व ११३ , वा २ व ९५०४ ,भे ३ व ६८६९,भे १ व १३९० ,वा १ व १३८ नम्बर मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालये जनाएको छ ।

सार्वजनिक विदाको दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोगमा ल्याउनुपर्ने भएमा स्पष्ट व्यस्था भएपनि नियम पालना नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिइन् । उनका अनुसार प्रयोजन, प्रयोग गर्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर खुलाइएको एवं सवारी पास उपलब्ध गराउने व्यवस्था भएपनि केही व्यक्ति र कार्यालय बाहेक अन्यले आफु खुसी प्रयोग गर्ने गरेको पाइएको हो ।

अधिकार प्राप्त निकाय तथा पदाधिकारीको स्वीकृती लिइ मात्र प्रयोग गर्न उनले सबैलाई आग्रह गरिन् । यस्तै उनले कसैले सार्वजनिक विदाको दिन वा व्यक्तिगत प्रयोजनका लागि प्रयोग रगेको देखेमा सम्बन्धित कार्यालयलाई जानकारी दिन अनुरोध गरिन् ।

(Visited 47 times, 1 visits today)
Loading comments...