बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

दुबई गएका श्रीमान सम्पर्क बिहिन, जेठाजुले घर खोसे

राजधानी समाचारदाता
2 weeks ago
01/09/2019

 

काठमाडौं । एक बर्षको छोरा सहित श्रीमति डिकमाया बस्नेत अधिकारी ( सुस्मा ) लाई छाडेर चार बर्ष अघि दुबई गएका थिए सागर भनिने इन्द्रबहादुर अधिकारी । श्रीमान विदेशवाट फर्केपछि नयाँ घर बनाउला छोरालाई राम्रो स्कुल पाढाउला अरु धेरै सपना देखेकी थिइन् डिकमायाले ।
पन्चावती ४ उदयपुरका इन्द्र बहादुर अधिकारी सम्र्पक बिहिन भएपनि सारा सपना चक्नाचुर भएको छ । इन्द्रबहादुर बेपत्ता भएको भन्दै घर परिवारले खोजिदिन अग्रह गरेका छन् ।

श्रीमान सम्पर्क बिहिन भएपछि डिकमायालाई अर्को आपत आइलागेको छ । बस्दै आएको घर बैङ्खमा धितो राखेर ऋण निकालेका थिए । बैंकले घर लिलामि गर्न लागेको बाहानामा माइला जेठाजुले घर आफ्नो नाममा नामसारी गरेपछि आफु बिचल्लीमा परेको डिकमायाको भनाई छ । छोरा सहित माइतीको शरणमा पुगेकी डिकमाया अहिले तेह्रथुम जिल्ला शुक्रबारे ४ मा रहेको माइतिको घरमा छिन् । ‘मेरो श्रीमानको खोजि गरीदिन प¥यो ।’ उनले भनिन् । माइतीघरबाट एक लाख पचास हजार ऋण गरेर श्रीमानलाई विदेश पठाएी थिइन् उनले ।

दुबई पुगेपछि राम्रोसँग पुगेको र जागिर पनि राम्रो भएको भन्दै दुई पटक फोन समेत गरेका थिए । ‘अचेल त उनको नम्बरमा फोनै लाग्दैन ।’ डिकमायाले भनिन् ‘छोरा सानो थियो केही बुझ्दैन थियो । अहिले बाबा खोई भनेर सोध्छ । मन भक्कानिएर आउछ ।’

पाच बर्ष पहिले सँगै जिउने बाचाका साथ मागि बिवाह भएको डिकमाया तिन दाजुभाई र दुई दिदिबहिनि मध्यकी कान्छि छोरी हुन् । माइतका सबैको कान्छि भएर बसेकि डिकमाया १९ बर्षको उमेरमा बैवाहिक जिवनमा बाधिएकी थिइन् । श्रीमान सम्र्पक बिहिन भएपछि जसोतसो घर चलाउदै आएकी डिकमाया ले बस्ने बसस्थान पनि पाउन छाडेपछि माइतिको शरहमा पुगेकी हुन् ।

(Visited 466 times, 2 visits today)
Loading comments...