बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

लोकगीतको भिडियोले मौलिक संस्कृति मारेको छ

युमाश शेर्पा
2 weeks ago
07/09/2019

कुनै पनि कुरा लुकाउनै आउ“दैन, उनलाई । चित्त नबुझे फ्याट्ट भनिहाल्छिन् । ‘गु्रपिज्म’को सिकार थुप्रैपटक भइन् । हात परिसकेको काम एकैछिनमा खोसिएको तीतो अनुभव पनि छ, उषा खनालस“ग । ‘त्यस्तो बेला एकदमै दुःख लाग्छ,’ भन्छिन्, ‘अर्काको पेटमाथि लात हान्नु सबैभन्दा ठूलो  पाप हो ।’
दाङ, लमहीको सरस्वती उच्च माविमा पढ्दादेखि नाटक–नृत्यमा रुचि थियो, उनको । थुप्रैपटक भाग पनि लिइन् । कला क्षेत्रमा जम्ने सानैदेखिको रुचिले उनलाई काठमाडौंसम्म डो¥यायो । २०५० सालमा जन्मिएकी उषाको ‘करिअर’ २०७१ सालबाट सुरु भएको हो । म्युजिक भिडियो निर्देशक शिव विकले देख्नेबित्तिकै उनलाई ‘अफर’ गरिहाले । उनका लागि ‘ढुंगा खोज्दा देउता भेटे’झंै भयो ।‘बीच बाटो’ र ‘लाले’ फिल्ममा नायिका बनिसकेकी उषासँग शुक्रबार राजधानी दैनिकको कार्यालयमा युमाश शेर्पाले गरेको सटकट संवाद :

अब कुन फिल्म आउ“दै छ ?

‘खतरनाक’मा अतिथि भूमिका निर्वाह गरेकी छु । त्यसमा सञ्चिता लुइ“टेललगायत थुप्रै कलाकार छन् ।

पहिलो म्युजिक भिडियो गरेको याद छ ?

त्यतिबेला २० वर्षकी थिएँ । शिव विकले नै ‘चान्स’  दिनुभएको थियो ।

काठमाडौं आउनेबित्तिकै काम पाइएछ नि ?

त्यस मामिलामा अलि लक्की रहेछु । साथीकै कारण तुरुन्तै काम पाए“ ।

म्युजिक कति वटा पुगे ?

७० बढी होलान् ।

 

कमाइ राम्रै भएछ नि ?

त्यस्तो केही छैन । आफ्नै लागि मात्र भएको छ ।

 

एउटा म्युजिक भिडियोको पारिश्रमिक कति आउ“छ ?

भन्नु र ? खोइ के भन्ने ?

 

‘डिमान्ड’चाहि“ कति हो ?

२० हजारसम्म भन्ने गरेकी छु । चिनेजानेको छ भने त्योभन्दा धेरै कम पनि हुन सक्छ ।

कुन गीतबाट मोडलिङ सुरु भयो ?

सुरुमा दोहोरी गीतमा काम गरें । पछि मन लागेन, छोडिदिए“ ।

किन ?

लोकगीत र दोहोरीमा छाडापन बढी आयो । त्यो मन परेन । लोकगीत भन्ने अनि नांगै नाचेर त भएन नि † लोकगीतका म्युजिक भिडियोले नेपाली संस्कृति मारेको छ । यो त  ‘टिपिकल’ पो हुनुपर्छ ।

 

यसो भन्दा रिसाउलान् नि ?

मलाई मतलब छैन ।

 

भोलि फेरि काम दिएनन् भने ?

मेरा लागि कामको खा“चो छैन । भएको कुरा भन्न किन डराउने ? लोकगीतमा अब काम गर्ने मन पनि छैन । मेरो काम मन पर्नेले मलाई नै खोज्दै आउँछन् ।

त्यसो भए अब के गर्ने ?

आधुनिक गीतमा गर्छु । फिल्मबाट ‘अफर’ आइरहेको छ ।

फिल्म बनाउने सोच पनि छ कि ?

छ । योजना बन्दै छ । एक्लैले त सक्दिन“ । कसैस“ग मिलेर गर्छु होला ।

यो क्षेत्रप्रति यति धेरै आकर्षण किन ?

के–के नै होला भनेर आउने बढी छन् । बाहिरबाट हेरेजस्तो छैन यो क्षेत्र । भित्र अर्कै कुरा हुन्छ । कलाकार लाइन ‘पब्लिक फिगर’ पनि हो । ‘मेन्टेन’ गर्न गाह्रो छ ।

 

आम्दानीभन्दा खर्च बढी हुन्छ ?

हो । बाहिरबाट आउनेलाई अझ गाह्रो छ । फ्ल्याट भाडा र लत्ताकपडा जोहोमै बढी खर्च हुन्छ । कला क्षेत्रको पैसा आफ्नै लागि मात्र हो । घरका लागि केही पनि गर्नुपरेको छैन ।

काठमाडौंमा को–को छन् ?

बुबाआमा सबै ।

दिन कतिको व्यस्त हुन्छ ?

भर्खरै एउटा म्युजिक भिडियो सकियो । ‘सेलेक्टेड’मात्रै गर्न थालेकी छु त्यसैले अलि कम व्यस्त छु । बीचमा बिरामी पनि परें ।

 

मेकअप : निरु महर्जन

थप तस्बिरका लागि www.rajdhanidaily.com
kathmanducraze.com login 
 गर्नुहोला ।

तपाईं पनि मोडलिङ क्षेत्रमा इच्छुक हुनुहुन्छ ? यस क्षेत्रमा
‘करिअर’को ढोका खोल्न चाहनुहुन्छ ? आउनुहोस्, हामी साथ दिनेछौं ।
सम्पर्क : [email protected]

(Visited 220 times, 1 visits today)
Loading comments...