बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

धुमधाम गणेश महोत्सव

सुजीतकुमार झा
2 weeks ago
07/09/2019

 

सुजीतकुमार झा

गणेश महोत्सव । स्थानीय जनक चोक । भगवान् गणेशको माटोको ठूलो मूर्ति । भक्तजनको भीड ।  शिवपुराणअनुसार भदौलाई कृष्ण पक्ष चतुर्थीको मंगल मूर्ति गणेश अवतरण तिथि भनिन्छ ।गणेश पुराणमा गणेशावतार शुक्ल चतुर्थीमा भएको उल्लेख छ । गणेश जन्मोत्सव देशभर श्रद्धासाथ  मनाइन्छ ।
माता पार्वतीले स्नानअघि आफ्नो मयल निकाली बालक उत्पन्न गरेर उसलाई द्वारपाल बनाइन् । शिवजी प्रवेश गर्न लाग्दा बालकले रोके । शिवगणले बालकसँग भयंकर युद्ध गरे । तर, कसैले पनि पराजित गर्न सकेनन् ।

 

गणेश पुराणमा गणेशावतार शुक्ल चतुर्थीमा भएको उल्लेख छ । गणेश जन्मोत्सव देशभर श्रद्धासाथ मनाइन्छ

 

शिवपुराणअन्तर्गत रुद्रसंहिताको चतुर्थ (कुमार) खण्डमा उल्लेख छ । कथाअनुसार भगवान् शंकरले क्रोधित भएर त्रिशूलले बालकको टाउको काटिदिए । यसपछि भगवती शिवा क्रुद्ध भइन् । र, प्रलय गर्ने विचार गरिन् । भयभीत देवताले देवर्षि नारदको सल्लाहमा जगदम्बाको स्तुति गरेर उनलाई जसोतसो शान्त पारे ।
ब्रह्मा, विष्णु, महेशले बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिएको कथामा उल्लेख छ ।

भगवान् शंकरले बालकलाई भने, ‘गिरिजानन्दन बिघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरी हुनेछ । तिमी सबैको पूज्य बनेर मेरो समस्त गणको अध्यक्ष हुनेछौं । कृष्णपक्ष चतुर्थी रात्रिमा चन्द्रोदय समय तिम्रो पूजा गरेपश्चात् व्रती चन्द्रमाको अर्घ दिएर ब्राह्मणलाई मिष्ठान खुवाओस् । आफू पनि मिठाइ भोजन गरोस् । वर्षपर्यन्त श्रीगणेश चतुर्थीको व्रत गर्नेको मनोकामना अवश्य पूर्ण हुनेछ ।’

 

(Visited 18 times, 1 visits today)
Loading comments...